default_image

बास्केटबल

June 5, 2022

बीएनए बास्केटबलमा ३८ टिम

काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धारा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा ७ टिम […]

May 29, 2022

ज्ञान टाइगरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान टाइगरले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा भएको फाइनलमा ज्ञान टाइगरले संस्कृतिलाई ५२–२२ ले सहजै पराजित ग¥यो । ज्ञान टाइगरका धनराज सरु मगरले सर्वाधिक २० अंक जोडे । धनराज नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पहिलो क्वाटरमा […]

May 28, 2022

संस्कृति र ज्ञान टाइगर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित ग¥यो । संस्कृतिका सुशान्त अधिकारीले १० अंक योगदान गरे । पहिलो क्वाटरमा २–६ ले पछि परेको संस्कृति दोश्रोमा २–२ को बराबरीमा रोकियो । […]

May 27, 2022

ह्वाइटफिल्डको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – ह्वाइटफिल्डले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा ह्वाइटफिल्ड आयोजक पाठशालालाई ३५–२३ ले पराजित ग¥यो । ह्वाइटफिल्डका अशोक तामाङले १२ अंक जोडे । अन्य खेलमा राजश्री गुरुकुलले स्वस्तिश्री गुरुकुललाई ३०–१७ ले हरायो । राजश्रीका कुशल राईले ८ स्कोर गरे । प्रतियोगिताको नेपाल बास्केटबल […]

May 26, 2022

टिम रेड र मनास्लु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले […]

May 26, 2022

पाठशाला बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, […]

May 26, 2022

रोयललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् । रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता […]

May 24, 2022

टाइम्स र रोयल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेज र आयोजक रोयल स्पोर्ट्स सेन्ट्रल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । टाइम्सले विशाल मिलन केन्द्र (वीएमके) लाई ८७–६५ ले पराजित ग¥यो । टाइम्सको जितमा श्रेयश शाहले २० अंक योगदान गरे । रवि पौडेलको २१ अंक सहयोगमा अघिल्ला दुवै संस्करणको विजेता रोयलले […]

May 22, 2022

बीएमकेको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बीएमके) ले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । सानागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा बीएमकेले अघिल्ला दुवै संस्करणको विजेता आयोजक रोयललाई ८२–७८ ले पराजित ग¥यो । बीएमकेका दिप्सन केसीले सानदार प्रदर्शन गर्दै ४३ स्कोर गरे । त्यस्तै इक्याब मेरिलियोन जिम्नाजियमले टिम […]

May 21, 2022

रोयल विजयी

काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले आईएसए नेपाललाई ४०–१३ ले सहजै पराजित ग¥यो । रोयलकी ममता गुरुङले ९ अंक जोडिन् । धरान सफलधरानले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सफलता पाएको छ […]

Success

Thank you for your time.