June 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हेराल्ड र ज्ञान भुमिले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेका छन् । हेराल्डले ह्वाइट माउन्टेनलाई २५–२२ तथा ज्ञान भुमिले बूढानीलकण्ठ आश्रमलाई १७–१३ ले पराजित ग¥यो । हेराल्डका सम्राट श्रेष्ठले १४ तथा ज्ञान भुमिका मदन मगरले ८ अंक जोडे । सिनियर ब्वाइजमै ग्रिनल्यान्डले साइपाललाई ६८–४९, टेरेसाले […]
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित ग¥यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । अनित रेगनको […]
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘बी’ ले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ । सिनियर गल्र्समा पनि बीएमसीएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । जुनियर ब्वाइजमा बीएमसीएले मिश्रित नतिजा निकाल्यो । बूढानीलकण्ठ नगरपालिका २, रुद्रेश्वर हाइटस्थित घरेलु कोर्टमा बीएमसीए ‘बी’ ले सेन्ट […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजलाई ८ […]
May 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, भ्याली पब्लिक र गोल्डेनपिकले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेनपिक जुनियर ब्वाइजमा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वइजको थ्री बाइ थ्री फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १७–१२ ले पराजित […]
May 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । थ्री बाइ थ्रीको प्रतिस्पर्धामा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २१–६ तथा भ्याली पब्लिकले एचएचसीएलाई ११–५ ले पराजित गरे । बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली […]
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १३–९ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले ७ अंक योगदान गरे । दिपेश पण्डितको ९ अंक सहयोगमा बीएनएले गोल्डेपिकलाई […]
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स र इडेन ब्रिज एकेडेमी (स्किब्स) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्किब्सले फेरिल्यान्डलाई १३–११ ले पराजित ग¥यो । स्किब्सको जितमा सुहान तामाङले ९ अंक योगदान गरे । निकेश मगरको ७ अंक सहयोगमा इबीएले सेबलाई १६–९ ले हरायो । सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३–१० […]
May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बीएनएकी स्मृति खत्रीले १३ अंक जोडिन् । सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ […]
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ । बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ ले पराजित ग¥यो । बीएनएकी स्मृति खत्रीले १२ अंक जोडिन् । सिनियर गल्र्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ र एचएचसीएले […]