default_image

सुबास हुमागाईंका लेखहरु

November 8, 2020

कसरी उत्रन्छ नेपाल ?

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली अहिले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका बंगलादेशमा छ । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर परेपनि ८ नयाँ अनुहारसहित २५ खेलाडी सम्मिलित टोलीले बंगलादेशविरुद्ध सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । कालिनले […]

November 4, 2020

राष्ट्रिय टोलीका आठ नयाँ अनुहार

सुबास हुमागाईं, काठमाडौं बंगलादेशसँगको अर्को साता सुरु हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नियमित खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण यसपटक ८ नयाँ अनुहार सिनियर टोलीमा परेका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई बुधबार दशरथ रंगशालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, […]

October 24, 2020

फुटबलमा ‘कप्तान’ किचलो

सुबास हुमागाईं, काठमाडौं कप्तान अर्थात खेलकुदको कुनैपनि टोलीमा खेलाडीहरुको नेता । मैदान भित्र लिनुपर्ने निर्णयमा कप्तान अग्रपंक्तिमा आउने नै भए, यसबाहेक मैदानबाहिर व्यवस्थापनसँग खेलाडीहरुको प्रतिनिधित्व गर्नेमा पनि कप्तानको भूमिका महत्त्वपूर्ण हुन्छ । खेल अनुसार कप्तानको भूमिका फरक हुन सक्छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले कप्तान को भन्ने विषयमा निकै भ्रम रहेको छ । महिल टोली […]

October 19, 2020

एसओएसदेखि साग स्वर्ण र भारतीय लिग

सुबास हुमागाईं, काठमाडौं युवा फरवार्ड राजेश परियारले गत साता भारतीय लिगमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबका लागि डेब्यु गरे । तीन वर्षको हुँदा एसओएस बालग्राम पुगेका राजेशले त्यहाँबाट एन्फा एकेडेमी हुँदै गतवर्ष नेपालमा सम्पन्न १३ औं सागमा नेपालका लागि स्वर्ण जितेका थिए । सानो उमेरमा नै आमा गुमाएका उनले बाबुको साथ पनि पाएनन् । आफ्नो दिदिसँग […]

September 23, 2020

महिला क्रिकेटमा सम्झौता : पहिलो गासमै ढुंगा

सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बसेको बोर्ड बैठकबाट पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राख्दै मासिक तलब दिने गर्ने निर्णय गर्यो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको स्वागत गरिएपनि कार्यान्वयन पक्षमा भने क्यानले खेलाडीमाथि गरेको निर्णयको आलोचना सुरु भएको छ । महिला क्रिकेट नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि […]

September 2, 2020

कोरोना जितेका एरिक भन्छन्- ‘अब देशलाई जिताउनु छ’

सुबास हुमागाईं, काठमाडौं मिडफिल्डर एरिक विष्ट दुई साता बढीको क्वारेन्टिनपछि अन्तत: कोरोना संक्रमणबाट मुक्त भएका छन् । मैदानभित्र एक पछि अर्को चुनौती पार गर्दै आएका विष्टले दुई साता बढी आइसोलेसनमा बसेपछि कोरोनामाथि जित हासिल गरे । मैदानभित्र उमेर समूह हुँदै सिनियर टोलीको छनोटसम्म जति कठिन यात्रा उनले तय गरे, कोरोना पराजित गर्न उनलाई खासै कठिन […]

July 29, 2020

पहिलो इनिङका हिट सिलवाल होलान् त फिट?

सुबास हुमागाईं, काठमाडौं रमेशकुमार सिलवालले गतवर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्त भएपछि पद तथा गोपनियताको सपथ ग्रहण गर्ने क्रममा आफ्नो मुख्य लक्ष्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) समयमै गर्नु मुख्य चुनौती रहेको बताएका थिए । सिलवालले त्यसबेला प्रण गरे अनुसारनै नेपालले भव्यताका साथ साग आयोजना मात्र गरेन, सिलवालकै दावी अनुसार ऐतिहासिक […]

July 13, 2020

अनि फुटबल छोड्ने निर्णय गरें..

सुबास हुमागाईं, काठमाडौं नेपाली टोलीले पछिल्लो पटक सुब्रतो कपको उपाधि जित्दा निशान्त ढुंगाना टोलीका कप्तान थिए । सन् २०११ मा बुटवलस्थित एन्फा एकेडेमीका खेलाडी पढ्ने बुटवल एलिट इंग्लिस एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो  । दक्षिण एसियाकै प्रतिष्ठित उक्त प्रतियोगितामा त्यसयता नेपाली टोलीले फाइनल सम्म पुग्न सकेका छैनन् । अझ केहि वर्ष भयो, नेपालले सहभागिता […]

May 25, 2020

शिवको दोहोरो कतार यात्रा : अवसर अनि बाध्यता

सुबास हुमागाईं, काठमाडौं इंग्लिस प्रशिक्षक ग्राहम रोबर्ट्सले १८ वर्षीय मिडफिल्डर शिव श्रेष्ठलाई आफ्नो पहिलो खेलमा नै डेब्यु गराएका थिए । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले शिवलाई सुरुवाती ११ मै मैदानमा उतारे । आफ्नो १९ औं जन्मदिनको अघिल्लो दिन अनुभवी राजु तामाङ र निराजन खड्कासँग नेपालको मिडफिल्ड सम्हालेका शिव त्यसपछि रोबर्ट्सले घोषणा […]

May 3, 2020

फुटबलमा मैलै जस्तो दु:ख अरुले भोग्न नपरोस्..

सुबास हुमागाईं, काठमाडौं रुपेश तामाङ नेपाली फुटबल पछ्याउनेका लागि नयाँ नाम होइन । नेपाली फुटबलकै स्वर्णीम ब्याच मानिने विमल घर्तीमगर, अनन्त तामाङ, अन्जन विष्ट लगायत खेलाडी सम्मिलित एन्फा एकडेमी ब्याचका डिफेन्डर हुन् उनी । अहिलेको अवस्था हेर्दा उनि डिफेन्डर थिए भन्दा फरक नपर्ला, किनभने उनले प्रतिस्पर्धात्मक खेल नखेलेको ४ वर्ष बढी भइसक्यो । कारण हो […]

Success

Thank you for your time.