default_image

सुबास हुमागाईंका लेखहरु

September 18, 2022

बंगलादेशकी सदाबहार सहयात्री सविना

सुबास हुमागाईं, काठमाडौं बंगलादेशले सन् २०१० मा घरेलु मैदानमा महिला साफ च्याम्पियनसिपको पहिलो संस्करण आयोजना गर्दा सविना खातुन मात्र १६ वर्षकी थिइन् । कलिलो उमेरमै राष्ट्रिय टोलीको आक्रमण सम्हाल्ने जिम्मेवारी पाएकी उनी हाल राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छिन् । नेपालमा जारी साफ च्याम्पियनसिपमा आक्रामक मिडफिल्डरको जिम्मेवारी निर्वाह गरिरहेकी उनले ८ गोल गरिसकेकी छिन् । सविनाले […]

September 17, 2022

बंगलादेशविरुद्ध महाभूकम्पले बिथोलेको ‘त्यो’ फाइनल

सुबास हुमागाईं, काठमाडौं विसं २०७२ वैशाख ११ / सन् २०१५ अप्रिल २४ – शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई १-० लाई पराजित गर्दै नेपाल फाइनलमा । फाइनलमा उपाधिका लागि बंगलादेशसँग भिड्ने । प्रतियोगिता – एएफसी यू-१४ च्याम्पियनसिप २०१५ (साउथ एन्ड सेन्ट्रल रिजन) विसं २०७९ भदौ ३१ / सन् २०२२ सेप्टेम्बर १६ – शुक्रबार दशरथ रंगशालामा […]

September 4, 2022

इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबारदेखि सुरु हुने छैटौं साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलकै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि पटक पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको नेपाली टोलीलाई दशरथ रंगशालामा स्वर्णीम इतिहास रच्ने अवसर छ । खेलाडीसँगै प्रशिक्षक कुमार थापा पनि इतिहासमा नाम लेखाउन मिहिनेत गरिरहेका छन् । यसअघि […]

August 23, 2022

प्रशिक्षक हुमागाईको झुट र एन्फाको लाचार निर्णय

सुबास हुमागाईं, काठमाडौं समान्यतया मुख्य प्रशिक्षक अनुपस्थित हुँदा उनको स्थान लिने सहायक प्रशिक्षक हुन्छन् । तर नेपालको हकमा भने राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको अनुपस्थिति हुनेबितिक्कै एक खेल नै सहि, पूरै प्रशिक्षण टोली नै फेर्ने नयाँ र निकै खराब प्रयोग अघि सारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण […]

August 7, 2022

फुटबल खेलाडीको‌ नियति – खेपको‌ भर र पलायनको डर

सुबास हुमागाईं, काठमाडौं राष्ट्रिय टोलीबाट खेलिरहेका र पुनः खेल्ने सम्भावना रहेका कतिपय फुटबल खेलाडी हालसालै विदेशिएका छन् । त्यसले अर्धव्यवसायिक मानिएको फुटबलबाट पनि जीविकोपार्जनको सम्भावना नदेखेर लगातार खेलाडीहरु पलायन भइरहेको बहस फेरि एकपटक छेडिएको छ । घरेलु फुटबल गतिविधि हुने नहुने अन्यौल बढेपछि शीर्ष डिभिजन लिगमा प्रभाव जमाएका झन्डै दर्जन खेलाडी पछिल्लो एक डेढ महिनामा […]

July 14, 2022

समस्या होइन, भविष्य बन्न सक्छ ई-स्पोर्ट्स

सुबास हुमागाईं, काठमाडौं पछिल्लो समय विश्व बजारमा जस्तै ई-स्पोर्ट्सको लोकप्रियता नेपालमा पनि बढ्दो छ । विशेषगरी टिनएज र युवा पुस्तामाझ यसको प्रभाव अत्याधिक छ । व्यावसायिक रुपमा नै जरो गाड्न सुरु गरिसकेको ई-स्पोर्ट्सबारे सबै पक्षमा उचित जानकारी नहुँदा यसले केहि समस्या पनि निम्त्याएको छ । ई- स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्ययममा खेलिने खेलकुदमा […]

April 5, 2022

‘सामूहिक प्रयास’ मा चर्च ब्वाइजको ए डिभिजन यात्रा

सुबास हुमागाईं, काठमाडौं सामाजिक क्लबका रुपमा २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेड ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन छनोट खेलेको २ वर्षमै चर्च ब्वाइज ए डिभिजन श्रेणीमा उक्लिएको हो । ‘सी’ डिभिजनमा उक्लेकै सिजन बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै २ खेल […]

March 15, 2022

चम्कँदै १९ वर्षीय वृत्य – जो नेपालको ३ विश्वकपमा तगारो बने

सुबास हुमागाईं, काठमाडौं वृत्य अरविन्द भर्खर १९ वर्षका भए । अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छोटो समयमा नै उनी विपक्षी टोलीका लागि तगारोको भूमिकामा स्थापित भइसकेका छन् । शीर्षक्रममा निडर ब्याटिङ गर्ने विकेटकिपर वृत्यले नेपालमा त खलनायककै पहिचान बनाएका छन् । वृत्यकै उत्कृष्ट प्रदर्शनमा गत महिना ओमानमा भएको टी-२० विश्वकप छनोटसहित नेपाल तीन वटा विश्वकप खेल्नबाट […]

February 12, 2022

दीपेन्द्र र अभिनाषलाई ‘गोल्डेन क्याप’

सुबास हुमागाईं, मस्कट नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडीलाई विशेष क्यापले सम्मान गरिने भएको छ । हरेक खेलपछि टोलीको ब्याटिङ, बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गर्ने खेलाडीलाई गोल्डेन क्यापले सम्मान दिने टोलीले निर्णय गरेको छ । त्यसै अनुरुप शनिबार यूएईविरुद्ध खेलअघि प्रशिक्षक पुबुदु दासानायकेले टिम हडलमा ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ब्याटर दीपेन्द्रसिंह ऐरी र बलर अभिनाष […]

February 10, 2022

अनन्त आइएसएलको इस्ट बंगालमा अनुबन्धित

सुबास हुमागाईं, मस्कट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बंगालसँग सम्झौता गरेका छन् । यससँगै अनन्त आइएसएल क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेका छन् । अनन्तले सिजनको अन्त्यसम्मका लागि छोटो सम्झौता गरेको बुझिएको छ । उनी अर्को सातासम्म भारत पुग्नेछन् । हाललाई छोटो सम्झौता भएपनि […]

Success

Thank you for your time.