default_image

सन्जोग चाम्लिङ राईका लेखहरु

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

July 17, 2024

‘द ब्यूटीफुल गेम’ भित्रका कुरुप शब्दहरु

सन्जोग चाम्लिङ राई गुगलमा ‘द ब्यूटीफुल गेम’ टाइप गरी खोज्नु भयो भने त्यसले फुटबलसँग सम्बन्धित विभिन्न लेख र चित्रतर्फ तपाईंलाई डोर्याउँछ । यही नाम गरेको फिल्म पनि नेटफ्लिक्समा पाईन्छ, जसको विषय फुटबल नै हो । फुटबललाई ‘द ब्यूटीफुल गेम’ भनेर नै विश्वभर भन्ने गरे पछि गुगलले त भन्ने नै भयो । यो बुझाईमा विश्वव्यापी सहमति […]

May 27, 2024

योर गेम इज नट फेयर प्ले

सन्जोग चाम्लिङ राई पहेँलो रंगको पृष्ठभूमिगाढा निलो अक्षर । मैदानमासबैभन्दा पहिले छिर्छएउटा चारकुने झण्डालेखिएको हुन्छ –“माई गेम इज फेयर प्ले” । मैदानको वारी छन्“भिटामिन डी” को रापमारापिएका दर्शकहरु ,पारी देखिन्छछहारीमा सुकला गरी रहेको एन्फाखेल्दै छन् मैदानमाभोको पेट र काँचका सपनाहरु । अचम्मको पोको हो एन्फाफुटबल नबोल्नुउसको गला होफुटबल नखेल्नुउसको कला हो । बहुमतको बिसौलीमाउ मात्तिन्छचौरास्ताको […]

March 14, 2024

अब आगोको फुटबल खेल्नु पर्छ

सन्जोग चाम्लिङ राई सानो प्रसंग स्व. डम्बरसिं गुरुङको । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीबाट करिअर सुरु गरेका उनले खेलाडी जीवन अन्त्यपछि फुटबल प्रशिक्षकको भूमिकामा काम गरे । गत वर्ष गुरुङको ७१ वर्षको उमेरमा निधन भयो । उहाँको कडा मिजासबारे धेरैलाई थाहा नहुन सक्छ । प्रशिक्षणको दौरान आफूले चाहे जस्तो नभएको अवस्थामा उहाँको रिसले उचाई छुन्थ्यो […]

January 16, 2024

कुनै फुटबल खेलाडी किन विदेशिन्छ ?

सन्जोग चाम्लिङ राई सामान्यतयाः एउटा खेलाडीको सपना नै राष्ट्रिय टिमको जर्सी लगाउने हुन्छ । त्यो जर्सीमा लाग्ने पसिना नै सबैभन्दा मिठो सुगन्ध बन्छ । राष्ट्रिय टिम सम्मको यात्रा नै उसको जीवनभरको सम्झना बन्छ र सधैं रोमाञ्चित महसुस गर्दछ । राष्ट्रिय टिमको कर्ममा नै उसले गर्व महसुस गर्दछ । फुटबलले दिएको केही नाम, केही दामको सन्तुष्टिले […]

October 20, 2023

एन्फा ‘नेतृत्व’लाई एक समर्थकको ‘नोट अफ डिसेन्ट’

सन्जोग चाम्लिङ राई यो अंकको आलेख खासमा अर्कै थियो, र विषय पनि अर्कै । तर, समाचारहरुमा प्राथमिकताको साथ एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव पेश भएको जब पढ्न पाईयो, तब यो अंकको आलेख पनि परिवर्तन भयो । जसरी, “भीएआर” ले अन्तिम समयमा रेफ्रीको निर्णय परिवर्तन गरी दिन्छ । उक्त लेख कुनै उपयुक्त समयमा प्रकाशित नै […]

August 20, 2023

के एन्फा राजनीतिले बिग्रिएको हो ?

सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]

July 23, 2023

नेपाली फुटबलको सेरोफेरो

सन्जोग चाम्लिङ राई फुटबल, झट्ट हेर्दा यो ४१०–४५० ग्राम वजनको एउटा निर्जिव वस्तु हो । तर यो निर्जीव वस्तुको परिधिमा निर्माण हुने यसको जीवन भने सजीव हुन्छ । नेपाली समाजमा यसको बुझाइमा पनि विभिन्न धारणाहरू छन् । तर जब देशकै सवाल आउँछ , सबै जना लगभग एक विन्दुमा नै आउँछन् । देश भन्नु पनि एउटा […]

June 26, 2023

अर्थहीन लिगको आखुम् बाखुम्

सन्जोग चाम्लिङ राई बाल्यकालको तिहारलाई एकचोटी सम्झिउँ । तिहार भन्नु नै देउसी भैलो । देउसी भैलोमा भट्याउँदा हामी सबै भन्थ्यौँ नि : आ है आखुम् बाखुम् – देउसुरे आ है सेलरोटी चाखुम् – देउसुरे बाल्यकालको देउसी भैलोमा उल्लेखित भट्याउने शब्द शिल्प यति लोकप्रिय छ (अहिलेसम्म पनि) कि त्यो नभनी लगभग देउसी भैलो नै पूर्ण हुँदैन […]

Success

Thank you for your time.