default_image

प्रकाश तिमल्सिनाका लेखहरु

May 19, 2021

समकालीन प्रशिक्षकमा अब्बल महर्जन

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दा काठमाडौं रेजर्सले बाल गोपाल महर्जनलाई नेपाल सुपर लिग (एनएसएल) का लागि आफ्नो टोली हेर्ने सार्वजनिक गर्यो। राष्ट्रिय टोली चैत १० गते देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको अन्तिम तयारीमा जुटिरहेको थियो । चैत ५ गते प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गर्न पत्रकार सम्मेलनमा महर्जनले […]

May 18, 2021

चोटको चपेटामा नेपाली फुटबल

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडीको शत्रु भनेको उसलाई लाग्ने चोट नै हो । कोरोना संक्रमणका कारण झन्डै ६ महिना ठप्प फुटबल गतिविधि पुन: सुरु नहुँदै संक्रमणको दोस्रो लहरले पुन: रोकियो । प्रतिकुल अवस्थाका बीच गत साता मात्र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भयो । तर लामो समयको विश्राम र त्यसपछि लगातार खेलका कारण खेलाडीमा चोटको समस्या थपिएको छ । त्रिभुवन आर्मी फुटबल क्लब तथा एफसी चितवनका डिफेन्डर विकास तामाङ एनएसएल अघि नै घाइते भएका थिए […]

May 17, 2021

एनएसएललाई दर्शकसँग जोड्ने प्रत्यक्ष प्रसारण

प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद अझ त्यसमा पनि फुटबल विश्वव्यापी लोकप्रिय हुनुमा टेलिभिजन प्रसारण एउटा बलियो माध्यम हो । विश्वकप, युरो कप लगायत युरोपियन फुटबलका लिगहरु संसारभर लोकप्रिय हुनुमा टेलिभिजनमा हुने प्रत्यक्ष प्रसारणनै मुख्य कारण हो । वर्तमान समयमा फुटबलमा आम्दानीको मुख्य श्रोतमा प्रसारण अधिकार पनि पर्छ । विश्वकप फुटबलको त्यहि अधिकारबाट आएको नाफाबाटै फिफाले सदस्य […]

May 10, 2021

संकटमोचक तामाङ

प्रकाश तिमल्सिना, काठमाडौं देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) आयोजना हुने खबर सुन्दा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङ खुसी भए । उनलाई आशा लाग्यो व्यवासायिक फुटबलमा एउटा नयाँ प्रयोग सफल भए त्यसले देशकै फुटबललाई फाइदा गर्नेछ । तर, उनी आफैंले एनएसएलका सहभागी कुनै टोलीमा आबद्ध हुने कल्पना पनि गरेका थिएनन् । सक्रिय खेल […]

May 8, 2021

फरक भूमिकामा सुजलको एनएसएल अनुभव

प्रकाश तिमल्सिना, काठमाडौं देशकै पहिलो फ्रेन्चाईज फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदा सबैभन्दा बढी खुसी खेलाडी हुनु स्वभाविक थियो । चैत ६ गते भएको अक्सनमा ८ खेलाडी सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुँदा समाचारको प्राथमिकतामा परेका थिए । अक्सनको पहिलो अभ्यासमै सबैभन्दा बढी मुल्यमा विक्री हुँदा खेलाडीको उत्साह बढ्नु पनि त्यतिकै स्वभाविक थियो […]

May 7, 2021

बदलिएका विश्वासको आशालाग्दो पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं व्यक्तिगत र पारिवारिक पीडाले मान्छेलाई नराम्ररी बिथोल्छ । कतिपयको व्यक्तिगत पीडाले व्यवसायिक जीवनलाई टुंगाएको पनि देखिन्छ । तर, समाजमा अर्का थरी मान्छे पनि हुन्छन् जसले जस्तै परिस्थितिबाट पनि सामान्य अवस्थामा फर्कने प्रयास गर्छन् र सफल पनि हुन्छन् । त्यस्तै उदाहरण बनेका छन् फुटबल खेलाडी विश्वास श्रेष्ठ । सम्भवतः उनले आफू जान्ने भएदेखि […]

May 4, 2021

हुमागाईंको निराशाजनक बहिर्गमन

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं व्यवसायिक फुटबलमा सबै भन्दा अस्थिर पद प्रशिक्षक मानिन्छ । युरोपियन क्लब फुटबलका एक सफल प्रशिक्षक हुँदा हुँदै जोसे माउरिन्होलाई प्रिमियर टोली टोनेनहमले बर्खास्त गरेको धेरै दिन भएको छैन । उनको क्षमतामा प्रश्न गरेर होइन कि जारी सिजनमा उनको नेतृत्वमा क्लबले अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेपछि सिजन सकिनु अघि नै बर्खास्तमा […]

May 1, 2021

एनएसएल – रेफ्रीको स्तरमै प्रश्न !

प्रकाश तिमल्सिना, काठमाडौं यसैपनि बहुचर्चित लिग, त्यसमाथि पनि कोरोना संक्रमणका कारण नेपालमा भइरहेको एकमात्र प्रतियोगिता, नेपाल सुपर लिग (एनएसएल) अहिले स्वदेशमामा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुका लागि पनि देशको फुटबल नजिक हुने माध्यम बनेको छ । नेपाली फुटबलको विकासको नारा लिएर लिग संचालन भइरहेको लिगमा खेलाडीको प्रदर्शनमा उतारचढावको क्रम जारी छ । तर रेफ्रीको स्तरलाई […]

April 28, 2021

प्रिन्सलाई धैर्यले दिलाएको अवसर

प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो केहि साता त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीका लागि निकै कठीन रह्यो । लामो समय राष्ट्रिय टोलीमा प्रशिक्षणमा रहेर पनि अन्तिम समयमा चोटका कारण थ्री नेसन्स कपमा पर्न असफल भए । चोटकै कारण एनएसएल अक्सनमा अभागी सावित भएका प्रिन्सले एएफसी कप छनोट पनि खेल्न पाएनन् । तर मंगलबार साँझ एनएसएल खेल्ने […]

March 24, 2021

विराजले थ्री नेसन्स कपबाट सन्यास लिने

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । दशरथ रंगशालामा जारी थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका दौरान विराजले औपचारिक रुपमा सन्यास लिनेछन् । एक वर्ष भन्दा लामो समयदेखि टोली बाहिर रहेका विराजले घरेलु मैदानमा विश्व कप छनोटको खेलमार्फत सन्यास लिने सोच बनाएका थिए । […]

Success

Thank you for your time.