default_image

प्रकाश तिमल्सिनाका लेखहरु

March 13, 2023

किरण आइ लिगको उत्कृष्ट गोलकिपर चुनिए

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ हिरो आइ लिग २०२२/२३ को उत्कृष्ट गोलकिपर चुनिएका छन् । आइ लिगको समापनमा आइतबार राउन्ड ग्लास पन्जाबका किरणलाई उत्कृष्ट गोलकिपर घोषित गरिएको थियो । सोही क्लबबाट खेल्दै किरण दुई वर्षअघि पनि आइ लिगमा उत्कृष्ट गोलकिपर चुनिएका थिए । सन् २०१८ मा माल्दिभ्सबाट टिसी स्पोर्टसलाई […]

December 6, 2022

रोनाल्डोको पोर्चुगलप्रति आशावादी सरु

खेलकुर्मीको नजरमा विश्वकप प्रकाश तिमल्सिना, काठमाडौं विश्व फुटबलका चर्चित खेलाडी पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको समर्थक विश्वभर छन् । रोनाल्डोसँग बढी तुलाना अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको गरिन्छ । समाजिक सञ्चालमा हेर्ने हो भने रोनाल्डो र मेस्सीका समर्थकबीच घोचपेच पनि चलिरहेको हुन्छ । उनीहरुले गर्ने प्रदर्शनका आधारमा समर्थकहरुले आलोचना र प्रशंसा पनि गरिरहेका हुन्छन् । मेस्सीका कारण […]

October 17, 2022

गण्डकीको साथ पाउन चुकेको नवौं राष्ट्रिय खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, पोखरा पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् । त्रिभुवन आर्मी […]

July 14, 2022

एन्फा अध्यक्ष नेम्बाङलाई चुनौतीसँगै अवसर पनि

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं पछिल्लो ६ वर्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व तीन पटक परिवर्तन भइसकेको छ । यो नियमित परिवर्तनअघि भने गणेश थापाले दुई दशक भन्दा लामो समय एन्फाको नेतृत्व सम्हालेका थिए । थापा फिफाको १० वर्षे प्रतिबन्धमा परेपछि उनकै कार्यसमितिमा रहेर विभिन्न भूमिकामा काम गरेका मध्य तीन जना पालैपालो नेतृत्वमा […]

March 13, 2022

फुटबलमै पाँच दशक, उदाहरण र प्रेरणाका श्रोत

प्रकाश तिमल्सिना, काठमाडौं सम्मान माग्ने होइन, आर्जन गर्ने हो । कुनैपनि क्षेत्रमा आफ्नो योगदानकै आधारमा सम्मान आर्जन गर्न त्यति सजिलो भने पक्कै छैन । कुनै विशेष क्षेत्रमा निरन्तर साधना र लगावले मात्र कुनै व्यक्ति सम्मानको हकदार दरिन्छ । हाम्रो समाजमा सम्मान आर्जन गर्ने थुप्रै व्यक्तित्व छन् । आ आफ्नो क्षेत्रमा पुर्याएको योगदानका कामकै आधारमा उनीहरुले […]

January 29, 2022

राष्ट्रिय टोलीमा विमलको सानदार पुनरागमन

प्रकाश तिमल्सिना, काठमाडौं आशालाग्दा फरवार्ड विमल घर्तीमगरले दुई वर्षभन्दा लामो समयपछि राष्ट्रिय टोलीबाट गरेको पूनरागमनलाई सुखद बनाएका छन् । मौरिससविरुद्ध दशरथ रंगशालामा शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा उनकै गोलमा नेपाल १–० ले विजयी भयो । खेलको ५५ औं मिनेटमा उनले एकमात्र गोल गरेका थिए । उमेर समूहदेखिकै सहकर्मी अन्जन विष्टले दिएको चलाखीपूर्ण पासलाई विमलले गोलमा […]

November 8, 2021

प्रशिक्षणमा विष्णुले देखाएको सुखद संकेत

प्रकाश तिमल्सिना, काठमाडौं विष्णु गुरुङको जीवन फुटबल वरिपरि नै घुमेको छ । नियमित आम्दानीका लागि फरक व्यवसायमा पनि हात हालेको विष्णुको पहिलो प्राथमिकता भने फुटबल नै रहने गरेको छ । फरक यति हो फुटबलमा उमेर अनुसार जिम्मेवारी भने बदलिएको छ । खेलाडीको रुपमा राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने सपना पूरा नभएपनि जति पनि उनको परिचय […]

October 16, 2021

नेपाललाई भारतविरुद्ध इतिहास बदल्ने मौका

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपमा नेपाल र भारतको सफलताको तुलना गर्दा आकाश जमिनको फरक छ भन्दा फरक पर्दैन । २८ वर्षे लामो इतिहास भएको साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो । अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने […]

October 16, 2021

भारतलाई हराएर च्याम्पियन बन्ने अर्को अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपालले २८ वर्षअघिको चमत्कारलाई आज फेरि दोहोराउन सक्ला ? बंगलादेशमा सन् १९९३ मा आयोजना भएको तत्कालिन छैटौं दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को च्याम्पियन बनेर नेपाली टोली स्वदेश फर्केको थियो । क्षेत्रिय स्तरमा नेपाल च्याम्पियन बनेको त्यो नै अन्तिम पटक थियो । दक्षिण एसियाको सर्वाधिक सफल र […]

October 16, 2021

साफ च्याम्पियनसिपमा नेपाल : २६ खेलाडीको ४९ गोल

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली फुटबलका लागि शनिबार महत्त्वपूर्ण दिन हो । दक्षिण एसियाको सर्वाधिक महत्त्वका साथ हेरिने साफ च्याम्पियनसिपको च्याम्पियन बनेर फर्कने अवसर नेपाली टोलीसँग हुनेछ । यस क्षेत्रको सर्वाधिक सफल र बलियो टोली भारतलाई माल्दिभ्समा आज हुने फाइनलमा हराउन सके नेपाल पहिलो पटक च्याम्पियन बनेर फर्कनेछ । सन् १९९३ बाट सुरु भएको साफ च्याम्पियनसिपको […]

Success

Thank you for your time.