default_image

Author

December 11, 2023

च्याम्पियन बुबाका कीर्तिमानी छोरा

भुपेन्द्र जि.सी, काठमाडौं नेपाली गल्फ वृत्तमा दीपक आचार्यलाई नचिन्ने सायदै होलान् । उनले नेपाली गल्फमा एक दशक खेलाडीको रुपमा राज गरेका थिए । सन् १९९८ देखि २००९ सम्म राष्ट्रिय स्तरको प्रतियोगितामा अधिकांश उपाधि उनकै नाममा रहने गर्थ्यो । सक्रिय खेल जिवनपछि उनले गल्फको विभिन्न पदमा रहेर नेतृत्व र व्यवसाय सम्हाल्दै आएका छन् । नेपाली गल्फलाई […]

December 8, 2023

संकटमा सेगुराको झापा!

सुबास हुमागाईं, काठमाडौं स्पेनिस प्रशिक्षक ओरिओल मोहेदानो सेगुराले नेपाल सुपर लिग सुरु हुने अघिल्लो दिन झापा फुटबल क्लबले प्रतियोगितामा व्यवस्थित फुटबल खेल्ने बताएका थिए । स्पेनकै दुई खेलाडीसहित नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिन्धित्व गरेका आधार दर्जन खेलाडी बोकेको झापा लिगको मध्यान्तरमा आइपुग्दा नै संकटमा परेको छ । लिगको ४ खेल सकिँदा जितविहिन रहेको झापाको संकट मैदानभित्र […]

December 5, 2023

सिनियर टोलीको छायाँमा कमजोर घरेलु क्रिकेट संरचना, खेलाडी विदेश पलायनको डर

भुपेन्द्र जि.सी.,काठमाडौं नेपाली क्रिकेटका लागि पछिल्लो ९ महिना इतिहासकै उत्कृष्ट समय रह्यो । ओडिआई मान्यता निरन्तरता, एसिया कपमा सहभागिता र टि२० विश्वकप २०२४ का लागि छनोट हुनु नेपालका प्रमुख उपलब्धि हुन् । त्यसैले नेपाली क्रिकेटका लागि स्वर्णिम वर्ष भएको पनि मान्न सकिन्छ । गत फागुन यता नेपाल आइसिसी विश्वकप लिग–२ का अन्तिम १२ खेल, एसिसी […]

November 20, 2023

भारतले फाइनलमा हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]

November 16, 2023

परिवर्तनको जोखिमबीच साख जोगाउने दबाब

सुबास हुमागाईं, काठमाडौं नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा विहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । ४ वर्षअघि विश्वकप छनोटको यसै चरणमा कुवेतको सामना गर्न पुगेको टोलीबाट ३ खेलाडी मात्र हाल नेपाली टोलीमा छन् । नेपालका लागि सर्वाधिक खेल खेलेका कप्तान किरण चेम्जोङ, नेपाली फुटबलमा सबैभन्दा उच्च […]

November 8, 2023

म्याक्सवेलको त्यो तिलस्मी ब्याटिङ…

भुपेन्द्र जि.सी. क्रिकेटमा असम्भव केहि छैन । अहिले काहिँ अविश्वसनीय प्रदर्शन हुन्छन् । टोलीलाई हारको मुखबाट फर्काउन खेलाडी सुपर हिरो बन्ने गर्दछन् । सुपर हिरो बन्न सामान्य प्रदर्शनले पर्याप्त हुँदैन । क्रिकेट इतिहासकै अद्भूत प्रदर्शन गर्नुपर्छ । जुन प्रदर्शन क्रिकेटले सधैं सम्झिने गर्दछ । त्यो प्रदर्शन हरेक क्रिकेटलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । अष्ट्रेलियाका ग्लेन […]

November 6, 2023

नेपाल पाँच वर्षदेखि आइसिसीको उपाधि विहीन

भुपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को उपाधि नजितेको पाँच वर्ष भन्दा बढी भएको छ । आइतबार टियु क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप २०२३ एसिया क्षेत्रको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित हुन पुग्यो । उक्त हारसँगै आइसिसीको उपाधि विहीन यात्रामा पूर्णविराम लाग्न अझै केहि समय लाग्ने भएको छ । नेपालले […]

October 29, 2023

नेपाल टि२० विश्वकपमा पुग्ने पाँच बलिया आधार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आफ्नो क्रिकेट इतिहासमा एक पटक मात्रै विश्वकप खेलेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा टि२० विश्वकप पहिलो पटक खेलेको थियो । त्यसपछि नेपाल ग्लोबल र एसिया क्षेत्र छनोटबाटै बाहिरिदै आएकोछ । नेपाललाई पुन टि२० विश्वकप खेल्ने स्वर्णिम अवसर छ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल सोमबार देखी […]

October 20, 2023

एन्फा ‘नेतृत्व’लाई एक समर्थकको ‘नोट अफ डिसेन्ट’

सन्जोग चाम्लिङ राई यो अंकको आलेख खासमा अर्कै थियो, र विषय पनि अर्कै । तर, समाचारहरुमा प्राथमिकताको साथ एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव पेश भएको जब पढ्न पाईयो, तब यो अंकको आलेख पनि परिवर्तन भयो । जसरी, “भीएआर” ले अन्तिम समयमा रेफ्रीको निर्णय परिवर्तन गरी दिन्छ । उक्त लेख कुनै उपयुक्त समयमा प्रकाशित नै […]

October 7, 2023

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […]

Success

Thank you for your time.