default_image

Author

April 15, 2020

खेलाडीसँग ६ महिनाको सम्झौता गर्ने क्यानको तयारी

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीसँगको सम्झौता अवधि ६ महिना मात्र गराउने भएको छ । यसअघि एक वर्षको सम्झौता हुँदै आएकोमा अब हुने नविकरण ६ महिनाको हुनेछ । विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को कारण क्यानको बैठक बस्न नपाउँदा उक्त निर्णय पारित हुन बाँकी छ । […]

April 13, 2020

मेघराजले छाडे रुस्लान थ्री स्टार!

प्रकाश तिमल्सिना, काठमाडौं प्रशिक्षण करीअरमा आधा दर्जन क्लबलाई प्रशिक्षण दिइसकेका मेघराज केसीले अब ए डिभिजन क्लब नहेर्ने निर्णय गरेका छन् । रुस्लान थ्री स्टार क्लबसँगको दोस्रो पटकको सम्झौता सकिएसँगै उनले ए डिभिजन टोलीलाई प्रशिक्षण दिने क्रमलाई रोक्ने निर्णय गरेका हुन् । थ्री स्टारमा उनको पछिल्लो कार्यकाल झन्डै चार वर्षको रह्यो । थ्री स्टार र त्रिभुवन […]

April 12, 2020

गौरिका र भलिबल छाएको वर्ष कोरोनाको छायाँ

प्रकाश तिमल्सिना, काठमाडौं दुई दशकयता नेपाली खेलकुदले सफलता र आयोजनाका हिसाबले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको वर्षको अन्त्य भने कोरोना भाइरस कोभिड १९ को छायाँमा परेको छ । भौतिक पूर्वाधारको पूर्ननिर्माण समयमा नहुँदा पटक-पटक सर्दै अन्ततः मंसिरमा नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्न सफल भयो । त्यति मात्र होइन सागको ३५ वर्षे […]

April 11, 2020

सन्दीपले तोड्न सक्ने ३ विश्व कीर्तिमान

भुपेन्द्र जिसी, काठमाडौं लेग स्पिनर सन्दीप लामिछानले छोटो समयमै विश्व क्रिकेटमा आफ्नो पहिचान बनाई सकेका छन् । सन् २०१६ मा बंगलादेशमा भएको आइसिसी एक दिवसिय यु१९ विश्वकपमा १४ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप त्यसयता एकपछि अर्को छलाङ मार्दै पछि फर्केर हेरेका छैनन् । चार वर्षदेखि सिनियर टोलीबाट पहिलो रोजाईको स्पिनरका रुपमा सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै […]

March 6, 2020

विकेश विस्मय : उत्कृष्ट नहुँदाको पिडा

सुबास हुमागाईं, काठमाडौं सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए । राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि […]

March 5, 2020

‘मेड इन सहारा’

सुबास हुमागाईं, काठमाडौं मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको पृथक पहिचान छ । विपन्न वर्गका खेलाडीलाई एकेडेमीमा राखेर वर्षभर आवास सहित प्रशिक्षण दिनकै लागि गोल्डकप संचालन हुँदै आएको छ । पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको यस गोल्डकपको १८ औं संस्करण बिहीबारदेखि सुरु भयो । यसपटक उद्घाटन खेलमा आयोजक टोली सहाराले […]

February 22, 2020

अब ‘चान्समा डान्स’ गर्नैपर्छ..

भुपेन्द्र जिसी, काठमाडौं घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण […]

February 10, 2020

विपक्षीलाई ‘भारी’ शक्तिका ‘कुशल’ चेला

सुबास हुमागाईं, काठमाडौं नेपालका लागि घरेलु मैदानमा भइरहेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजमा चार खेलाडीले डेब्यु गरेका छन् । त्यसमध्य दुई बायाँ हाते खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । नेपालले अपेक्षित नतिजा हासिल गर्न नसकेपनि स्पिनर सुशन भारी र अलराउन्डर कुशल मल्लले प्रभावशाली प्रदर्शन गरेका छन् । संयोग नै मान्नुपर्छ, यी दुवै बायाँ हाते खेलाडीका […]

January 28, 2020

रेजिनलाई जगाएको नेयमारको ‘कोबी’ श्रद्धाञ्जली

सुबास हुमागाईं, काठमाडौं सोमबार दिउँसो राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि होडमा रहेका मछिन्द्र र रुस्लान थ्री स्टारको खेल थियो । उक्त खेलमा मछिन्द्रका लागि सुरुवाती गोल गरेपछि युवा फरवार्ड रेजिन सुब्बाले गोलको खुसी मनाउने क्रममा एक हातले २ र अर्को हातले ४ को संकेत गरे । रेजिन खेलमा वैकल्पिक खेलाडीका रुपमा […]

January 27, 2020

सारा विश्वसँगै नेपालले गुमाएको ‘कोबी’

सुबास हुमागाईं, काठमाडौं आइतबार नेपाल मध्यरातको निन्द्रामा रहँदा सात समुन्द्र पारि संयुक्त राज्य अमेरिकामा बास्केटबलका दिग्गज कोबी ब्रायन्ट चढेको हेलिकप्टर दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा कोबीसहित उनको १३ वर्षिया छोरी जियाना र हेलिकप्टरमा सवार ७ जनाको घटनास्थलमै मृत्य भयो । केहीबेरमा नै समाचार विश्वव्यापी रुपमा फैलियो । नेपालमा भने म लगायत अन्य खेलप्रेमीका लागि विहान […]

Success

Thank you for your time.