default_image

Author

October 5, 2020

कविताको पुनरागमन प्रयास : श्रीमानको प्रशिक्षण, परिवारको साथ

भुपेन्द्र जिसी, काठमाडौं परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् […]

September 23, 2020

महिला क्रिकेटमा सम्झौता : पहिलो गासमै ढुंगा

सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बसेको बोर्ड बैठकबाट पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राख्दै मासिक तलब दिने गर्ने निर्णय गर्यो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको स्वागत गरिएपनि कार्यान्वयन पक्षमा भने क्यानले खेलाडीमाथि गरेको निर्णयको आलोचना सुरु भएको छ । महिला क्रिकेट नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि […]

September 11, 2020

सिपिएलमा सन्दीपको स्थिरता

भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजन जमैका तलावाजबाट उत्कृष्ट प्रर्दशनका साथ अन्त्य गरेका छन् । १ करोडभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ११ खेलमा १० इनिङमा १२ विकेट लिदै चौथो स्थानमा रहेर यस सिजन अन्त्य गरे । यसअघि दुवै संस्करण राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल जुधेको कारण […]

September 5, 2020

शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]

September 2, 2020

कोरोना जितेका एरिक भन्छन्- ‘अब देशलाई जिताउनु छ’

सुबास हुमागाईं, काठमाडौं मिडफिल्डर एरिक विष्ट दुई साता बढीको क्वारेन्टिनपछि अन्तत: कोरोना संक्रमणबाट मुक्त भएका छन् । मैदानभित्र एक पछि अर्को चुनौती पार गर्दै आएका विष्टले दुई साता बढी आइसोलेसनमा बसेपछि कोरोनामाथि जित हासिल गरे । मैदानभित्र उमेर समूह हुँदै सिनियर टोलीको छनोटसम्म जति कठिन यात्रा उनले तय गरे, कोरोना पराजित गर्न उनलाई खासै कठिन […]

August 9, 2020

खेल्ने धित नमर्दै विकासलाई प्रशिक्षकको जिम्मेवारी

प्रकाश तिमल्सिना, काठमाडौं खेल्ने रहर नै पूरा नहुँदै गोलकिपर विकास मल्लले फुटबल छाड्नु परेको थियो । खेल जीवनलाई सबथोक मान्ने उनी जस्ता खेलाडीका लागि त्यो पीडादायी अवस्था थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको पहिलो ब्याचका खेलाडी उनी पछिल्लो केहि वर्षदेखि फुटबलबाट लगभग ओझेलमै छन् । कहिलेकाहिँ आर्मीमा सक्रिय हुँदा पनि उनको भूमिका खेलाडीका […]

August 7, 2020

सिलवाललाई पहिले अवसर, अहिले चुनौति

क्रियटिभ भ्वाइस टीएस ठकुरी दक्षिण एशियाली राष्ट्रहरु सम्मिलित क्षेत्रीय खेलकुदको कुम्भ मेला १३औं दक्षिण एशियाली खेलकुद(साग)को स्थानीय आयोजकका नाताले नेतृत्व गर्न पाउनु रमेश सिलवालका निम्ति वास्तवमै ऐतिहासिक अवसर थियो । यस्तो अवसर जोकोहीलाई आउँदैन । सौभाग्यवश नेपालले राजनैतिक व्यवस्था परिवर्तन पिच्छे क्षेत्रीय खेल मेला आयोजनाको अवसर पाउँदै आएको छ । पञ्चायत, बहुदल र गणतन्त्र गरी […]

August 7, 2020

नेपाली समर्थककै ‘फ्यान’ बने ओमानी स्टार अकिब

भुपेन्द्र जिसी, काठमाडौं घरेलु टोलीविरुद्ध शतक प्रहार गरेपछि सामान्यतया ब्याट्सम्यानले उक्त शतकको खुसीयाली मनाउन ब्याट उठाएर आफ्नो ड्रेसीङ रुमतर्फ संकेत गर्छन् । तर ओमानी अलराउन्डर अकिब इलियास गत माघमा भएको त्रिकोणात्मक सिरिजमा नेपाली समर्थकबाट यति प्रभावित भए, उनले आफ्नो सम्पूर्ण सफलता आफ्नो टोलीभन्दा पहिला नेपाली समर्थकसँग साटे । सिरिजभर नेपाली समर्थक उनको खेलबाट प्रभावित भए […]

August 3, 2020

परिपक्वता, सिकाइ र कर्तव्यबोधको आधा दशक

सम्पादकीय खेलकुदको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई नेपाली भाषामा पाठक,दर्शकसम्म पुर्याउने उद्देश्यका साथ सुरु गरिएको हाम्रो खेलकुद डटकमले आज ५ वर्ष पूरा गरेको छ । फर्केर हेर्दा आधा दशकको यो खेलकुद पत्रकारिताको यात्रा कठीन तर, रोमाञ्चक रह्यो । पत्रकारितामा पछिल्लो समय व्यापकता पाइरहेको अनलाइन पत्रकारिता आफैमा चुनौतीपूर्ण छ । त्यसमा पनि खेलकुदको समाचार मात्र प्रकाशित गर्ने […]

August 2, 2020

अनि डाक्टर मानन्धरले भने – ‘म पनि किरण जीसँग फोटो खिच्छु’

प्रकाश तिमल्सिना, काठमाडौं समाजमा डाक्टरलाई भगवानको अर्को रुप मानिन्छ । आशा मारिसकेका मान्छेले पनि डाक्टरको उपचारकै कारण नयाँ जीवन पाएको उदाहरण हाम्रो वरपर थुप्रै छन् । झन्डै छ महिना यता कोरोना भाइरस कोभिड १९ ले विश्वभर महामारीका रुप लिँदा सबै भन्दा बढी तीनै डाक्टर र अन्य स्थास्थ्यकर्मीले गरेको कामका कारण उनीहरुप्रति धेरैको श्रद्धा बढेको देखिएको […]

Success

Thank you for your time.