default_image

Author

June 22, 2021

आसिफको उदयले विकेटकिपिङमा दिएको संकेत

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा अस्थिर विकेटकिपर समस्या पछिल्ला पाँच वर्षमा ओपनिङ पछि सर्वाधिक चिन्ताको विषय हो । युवा ब्याट्सम्यान राजु रिजालबाट सुरु हुँदै दिलीप नाथ, अनिलकुमार शाह, प्रदीप ऐरी, सुवास खकुरेल र अहिले विनोद भण्डारीमा आएर नेपालको विकेटकिपरको जिम्मेवारी अडिएको छ । यसबीचमा अपेक्षा अनुसार कसैको ब्याटबाट पनि नियमित रन निस्कन सकेन । सन् २०१६ […]

June 14, 2021

एरिक्सन घटना र एन्फाको पूर्व तयारी

प्रकाश तिमल्सिना, काठमाडौं युरो कपमा शनिबार फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्य तिर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा ढले । आफू तिर आएको बलमा प्रतिक्रिया विहिन एरिक्सन लडखडाउँदै मैदानमा ढलेका थिए । कोपनहेगनमा भएको खेलमा उपस्थित दर्शक र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्ने सबै एकै पटक निशब्द भए । उनलाई के भएको भन्ने त्यहि हुनेले पनि अनुमान गर्न […]

June 10, 2021

महिला क्रिकेटमा सुधार गर्नुपर्ने पाँच पक्ष

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको झण्डै डेढ दशक भएको छ । सन् २००७ मा मलेसियामा सम्पन्न एसिसी वुमन्स प्रतियोगिता मार्फत पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा पाइला टेकेको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै बाहिरिएको थियो । उक्त प्रदर्शनले महिला टोलीले पुरुष भन्दा पहिला टि२० विश्वकप खेल्ने आँकलन गरिएको थियो । पुरुष […]

June 2, 2021

नेपाली क्रिकेटबाट गुमनाम बनेका पाँच खेलाडी

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक काटि सकेको छ । यो अवधिमा धेरै परिवर्तन र उथलपुथल भएको छ । सन् २०१४ बंगलादेशमा टि२० विश्वकप सहभागिता र २०१८ मा ओडिआई मान्यता प्राप्त नेपाली क्रिकेटका सर्वाधिक ठुला उपलब्धी पर्दछन् । पछिल्लो समयको सफलता र व्यवसायिक फ्रेन्चाइज लिगको यात्राले टोलीमा आन्तरिक प्रतिस्पर्धा बढ्दै […]

May 30, 2021

सेतो जर्सीले सम्झाएको इतिहास

प्रकाश तिमल्सिना, काठमाडौं भनिन्छ, आधा साँचो भनेको झुट बराबर हुन्छ । हेर्दा समान्य लाग्ने । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीले प्रयोग गरेको जर्सीका विषयमा पछिल्लो पटक गरेको दाबी कमजोर देखिएको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेलको अघिल्लो दिन व्यवस्थापकको बैठकमा टोली सेतो रंगको जर्सी प्रयोग गरिने भन्दै सार्वजनिक गर्यो । […]

May 29, 2021

प्रशिक्षक अलमुताइरीलाई शंकाको लाभ दिनुपर्छ

प्रकाश तिमल्सिना, काठमाडौं इराक उड्नुअघि नै राष्ट्रिय फुटबल टोलीका कुवेत प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो योजना प्रष्ट पारिसकेका छन् । टोलीमा व्यापक परिवर्तन गरेका उनले इराक र कुवेत यात्रालाई परिक्षणका रुपमा लिएका छन् । बंगलादेशमा सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप जित्नु प्रमुख लक्ष्य बनाएका आलमुताइरीले त्यसैको तयारीका रुपमा अहिलेको भ्रमणलाई लिएका छन् । विश्व कप २०२२ र […]

May 26, 2021

गुमनाम अभिनाश

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]

May 22, 2021

लोकप्रियता बढेसँगै व्यवसायिकता कुर्दै भलिबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं कुनै आधिकारिक सर्वेक्षण त भएको छैन । तर, भलिबल देशको सबै ७७ जिल्लामा खेलिने एक मात्र खेल हो भन्नका लागि कुनै अध्ययन कुरिराख्न भने पर्दैन । देशको भौगोलिक भूबनोट, कम खर्च र सर्वसाधारणको सहज पहुँच भएकाले नै भलिबल लोकप्रिय हुनुको बलियो आधार हो । अझ ग्रामिण इलाकाका अधिकांश विधार्थीले कुनै […]

May 21, 2021

यसपटक नरोकियोस् फुटबलमा परिवर्तन

सुबास हुमागाईं, काठमाडौं प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसै साता विश्वकप छनोट र इराकविरुद्ध मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दा सामाजिक संजालमा आश्चर्य मान्ने संख्या धेरै थियो । प्रारम्भिक छनोटमा नै केहि चर्चित नामलाई विश्राम दिएका उनले समग्रमा पछिल्लो टोलीबाट १३ खेलाडी परिवर्तन गर्दै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरे । डेढ महिनाअघि पहिलो पटक सार्वजनिक रुपमा बोल्दा […]

May 19, 2021

समकालीन प्रशिक्षकमा अब्बल महर्जन

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्दा काठमाडौं रेजर्सले बाल गोपाल महर्जनलाई नेपाल सुपर लिग (एनएसएल) का लागि आफ्नो टोली हेर्ने सार्वजनिक गर्यो। राष्ट्रिय टोली चैत १० गते देखि दशरथ रंगशालामा हुने थ्री नेसन्स कपको अन्तिम तयारीमा जुटिरहेको थियो । चैत ५ गते प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गर्न पत्रकार सम्मेलनमा महर्जनले […]

Success

Thank you for your time.