default_image

Author

July 12, 2022

सेटर अभावमा जम्दो प्रगतिको प्रभाव

भुपेन्द्र जिसी, काठमाडौं अभावको समयमा सानो योगदानले पनि धेरै प्रभाव छाड्छ । अभावले नै नयाँ विकल्प खोज्न बाध्य पार्छ । र कहिलेकाहिँ अभावले निम्त्याएको विकल्प नै दीर्घकालीन समाधान बन्छ । नेपालको महिला भलिबलमा पनि पछिल्लो समय यस्तै उदाहरण अघि आएको छ । महिला भलिबलमा एकपछि अर्को युवा प्रतिभा उत्पादन गरिरहेको न्यु डायमन्डकी सेटर प्रगति नाथको […]

June 27, 2022

‘अभागी’ किनराराको अवसान

भुपेन्द्र जिसी, काठमाडौं भनिन्छ क्रिकेट भाग्यको खेल हो । उत्कृष्ट प्रदर्शन मात्र होईन सफलता र नतिजा पाउन भाग्यले पनि त्यतिनै साथ दिनुपर्छ । कहिले काहिँ उत्कृष्ट प्रदर्शनका बाबजुद नतिजा आफ्नो हातमा आउन सक्दैन । त्यो भाग्यमा भरपर्छ । कुनै मैदान टोलीलाई अभागी सावित हुनसक्छ । नेपालको लागि भने पछिल्लो समय मलेसियाको क्वालालम्पुरमा रहेको किनरारा एकेडेमी […]

June 25, 2022

अस्मिनाको आशालाग्दो आगमन

भुपेन्द्र जिसी, काठमाडौं एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोलीका लागि शुक्रबार बिर्सनलायक दिन रहयो । एसीसी महिला टि२० च्याम्पियनसिपको सेमिफाइनलमा यूएईविरुद्ध सानदार प्रदर्शन गरेपनि वर्षा बाधक बन्दा नेपाल फाइनल पुग्नबाट चुक्यो । यूएईविरुद्ध तीव्र गतिकी बलर अस्मिना कर्माचार्यले सानदार प्रदर्शनका साथ पाँच विकेट लिँदै नेपाललाई बलियो स्थितिमा पुर्याएकी थिइन् । टोलीको स्ट्राइक […]

June 8, 2022

नेपाललाई विश्वमाझ चिनाइन् तर देशले हिरनमयीलाई चिनेन

भूपेन्द्र जिसी, काठमाडौं विश्व क्रिकेटमा पछिल्लो समय एक देशका नागरिकले अर्को देशको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । कसैले आफ्नो पुस्ताको जन्मस्थानको आधारमा, त कसैले बसाइ सराइ गरेको प्रमाण देखाएर अर्को देशबाट खेल्दै आएका छन् । कतिपय देशले त राम्रो खेलाडी भएकै कारण नागरिकता दिएर आफ्नो राष्ट्रिय टोलीबाट खेल्न स्वीकृति दिँदै आएका छन् । भारत, […]

May 30, 2022

उद्वेग कविताको विश्वकप र विदेशी लिग खेल्ने सपना

भुपेन्द्र जिसी, काठमाडौं कविता कुँवर नेपाली महिला क्रिकेटमा देखिएकी सम्भवत हालसम्मकै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने क्षमता भएकी खेलाडी हुन् । अघिल्लो साता नेपाली महिला टोलीले युगान्डासँग पाँच महिला टि२० आई सिरिज खेल्दा कविताले आफ्नो गतिको वेगमा सानदार प्रदर्शन गरिन् । कविता सिरिजमा ७ विकेट लिँदै सर्वाधिक विकेट लिने सूचिमा दोस्रो स्थानमा रहिन् । तीव्र […]

May 16, 2022

फेयर ब्रेकमा नेपालको शान, स्वदेश नआउँदै खोसियो उपकप्तान

भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि देश वा टोलीको उपकप्तान भविष्यको कप्तानको रुपमा हेर्ने गरिन्छ । हरेक टोलीले कप्तान हुँदै उपकप्तान परिवर्तन गर्दछन् । तर नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आश्चर्यजनक निर्णय गर्दै नेपाली महिला क्रिकेट टोलीकी अनुभवी तथा प्रमुख अलराउन्डर सीता रानामगरलाई उपकप्तानबाट हटायो । सिनियर टोलीकी प्रमुख खेलाडी सीता युएईमा फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगितामा […]

May 8, 2022

कश्मिरबाट भारतमा उदाएको उमरानको गति

द्वन्द्वले ग्रस्त क्षेत्र र हरेक पल त्रासमा बाँच्ने भारतको जम्मु एण्ड कश्मिरका बासिन्दाले खेलकुद मात्र एक मनोरञ्जन र समय बिताउन खेलेका हुन्छन् । बिरलै शान्त रहने उक्त क्षेत्रमा सायदै खेलकुदमा कसईले भविष्य देख्नेबारे सोच्न सक्छ । तर भनिन्छ प्रतिभालाई कसैले रोक्न सक्दैन । २२ वर्षीय तीव्र गतिका बलर उमरान मलिक त्यसका एक उदाहरण हुन् । […]

April 10, 2022

क्रिकेट खेल्न १२ वर्षमै घर छोडेका आदिल

भुपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर आदिल अन्सारीले राष्ट्रिय क्रिकेट टोलीबाट ड्रिम डेब्यू गरे । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज जित्दा आदिलले फिनिसरको भूमिकामा राम्रो छाप छोड्न सफल भए । घरेलु क्रिकेटमा देखिएको छोटो समयमै सिनियर टोलीमा पर्न सफल भए । तर यहाँसम्म पुग्न उनले कडा मिहिनेत र संघर्षपूर्ण यात्रा तय गरेका छन् । क्रिकेट खेल्न […]

April 6, 2022

नेपालका ‘३डी’ क्रिकेटर दीपेन्द्र

भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेटका वर्तमान समयका प्रमुख खेलाडी हुन् । दीपेन्द्रको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले सोमबार घरेलु मैदान टियुमा मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक टि२० सिरिज उपाधि जित्न सफल भयो । नेपाललाई उपाधि जिताउन नायक बनेका दीपेन्द्र सिरिजकै सर्वोत्कृष्ट खेलाडी बने । दीपेन्द्र नेपाली क्रिकेट टोलीका भरपर्दा र म्याच विनर खेलाडी […]

April 5, 2022

‘सामूहिक प्रयास’ मा चर्च ब्वाइजको ए डिभिजन यात्रा

सुबास हुमागाईं, काठमाडौं सामाजिक क्लबका रुपमा २०६६ सालमा स्थापना भएको चर्च ब्वाइज युनाइटेड ‘बी’ डिभिजनको च्याम्पियन बन्दै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन छनोट खेलेको २ वर्षमै चर्च ब्वाइज ए डिभिजन श्रेणीमा उक्लिएको हो । ‘सी’ डिभिजनमा उक्लेकै सिजन बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै २ खेल […]

Success

Thank you for your time.