October 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका […]
October 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]
October 3, 2021
भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । […]
September 29, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । समग्र दुई वर्षमा क्यानको […]
September 27, 2021
भुपेन्द्र जिसी, काठमाडौं एभरेष्ट प्रिमियर लिग (इपिलए) मा आइतबार भैरहवा ग्ल्याडियटर्सबाट पोखरा राइनोजविरुद्ध बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले सानदार डेब्यू गरे । भैरहवा बलियो स्थितिमा रहँदा खेल वर्षाको कारण नतिजाविहिन बन्यो । तर दुर्गेशले दमदार प्रदर्शन गर्दै धेरैको मन जिते र ध्यानआफूतिर आकर्षित गरे । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखरा […]
September 26, 2021
भुपेन्द्र जिसी, काठमाडौं क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालीन महान खेलाडी मध्यम पर्छन् भन्नेमा सायदै दुइमत होला । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा एक पछि अर्को सफलता र कीर्तिमान कायम गर्दै आएका रोनाल्डो थुप्रै खेलाडीका लागि आदर्श बनेका छन् । फुटबल मात्र होइन, अन्य खेलका खेलाडी र आम मानिस पनि उनको कडा मिहिनेत र सफलताबाट प्रभावित भएका […]
September 17, 2021
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालका लागि डेब्यू गर्दै नयाँ कीर्तिमान बनाएका छन् । गुलशन ओडिआई क्रिकेट इतिहासकै सबैभन्दा कम उमेरमा डेब्यू गर्ने सूचीमा तेस्रो तथा एसोसिएटतर्फ सबैभन्दा कान्छो खेलाडी बनेका छन् । गुलशनले नेपालबाट ओडिआईमा सबैभन्दा कम उमेरमा डेब्यू […]
September 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेदेखि नै नेपालका लागि ब्याटिङ फलामको चिउरा सावित हुँदै आएको छ । हरेक प्रतियोगिता र खेल खेल्नुअघि नेपाललाई सबैभन्दा बढी चिन्ता ब्याटिङको हुने गर्दछ । तर यस पटक ओमान भ्रमण अलि फरक छ । नेपाली टोली चिन्ताभन्दा बढी आशा लिएर त्यसतर्फ प्रस्थान गरेको छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज […]
September 4, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष र हतियार मानिन्छ । नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी […]
August 31, 2021
भुपेन्द्र जिसी, काठमाडौं उमेर समूह कुनैपनि खेलाडीको खेल्ने अवधि निश्चित हुन्छ । छोटो समयमा क्षमता प्रस्तुत गर्न नसके खेलाडी खेलबाटनै बिलय हुने डर हुन्छ । कोरोना महामारीले सबैभन्दा बढी असर क्रिकेटमा उमेर समूहलाई गर्यो । महामारीमाको संकटमा अन्तर्राष्ट्रिय सिरिज, प्रतियोगिता र फ्रेन्चाइज लिगहरु भए । तर टेस्ट र एसोसियट दुवैतर्फ उमेर समूहको क्रिकेट गतिविधि शून्य रह्यो […]