December 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं विकेटकिपर अर्जुन साउद नेपाली क्रिकेटमा देखिएको धेरै समय भएको छैन । गत माघमा प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता मार्फत घरेलु क्रिकेटमा पाइला टेकेका अर्जुनले छोटो समय र थोरै अवसरमा धेरै आशा र सम्भावना देखाएका छन् । उनको आक्रामक ब्याटिङ र उत्कृष्ट विकेटकिपर कौशलले नेपाली क्रिकेटलाइ नै नयाँ उत्साह थपेको छ । काठमाडौंमा […]
November 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं बाल्यकालमा तेक्वान्दोबाट खेलकुदमा प्रवेश गरेकी कविता जोशीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा अलराउन्डरको रुपमा स्थान बनाएकी छिन् । नेपाली समाजमा आजपनि खेलकुदमा लाग्न परिवारको साथ नभएको अवस्थामा कविता भने परिवारकै साथ सहयोगले आफू अघि बढ्न सकेको मान्छिन् । नेपाली खेलकुदमा अझै पनि खेलेर बाँच्ने आधार बनेको छैन । क्रिकेट र फुटबललाई छाड्ने […]
November 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो । कुनैपनि बुबाको सपना […]
November 3, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल ओडिआई मान्यता प्राप्त देश हो । तर नेपाली क्रिकेट टोलीको घरेलु संरचना, ग्रासरुट्स र प्रतियोगिताहरु त्यस स्तरलाई न्याय दिने खालको छैन । त्यसैले विश्व क्रिकेटमा नेपालले जुन गतिमा फड्को मार्नुपर्ने त्यो सकेको छैन । आजपनि क्रिकेट विकासभन्दा झारा टार्ने र बजेट मिलाउन गरिने कामहरु बढी हुन्छन् । त्यसको सबैभन्दा ठूलो मार ग्रासरुट्समा […]
November 2, 2021
भुपेन्द्र जिसी, काठमाडौं “जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी” अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटु भन्दा पनि प्यारो अनि स्वर्ग भन्दा सुन्दर हुन्छ । तर भारतमा जन्मिएर न्युजिल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका इश सोधीको हकमा यो लागु नहुन सक्छ । आइतबार राती आइसिसी टि२० विश्वकप २०२१ मा […]
October 8, 2021
भुपेन्द्र जिसी, काठमाडौं जितेन्द्र मुखिया, उनको नाम सुन्दा धेरैको मानसपटलमा सन् २०१४ टि२० विश्वकपमा उनले लगातार फ्याँकेको सटिक योर्करकै याद आउँछ । टि२० विश्वकपमा नेपालले अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दा जितेन्द्र उच्च प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । जितेन्द्रले ४ ओभरमा १८ रन खर्चेर प्रमुख ३ विकेट लिएपछि १ सय ४२ रनको विजयी लक्ष्य […]
October 7, 2021
भुपेन्द्र जिसी, काठमाडौं अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले पाएको नयाँ पुस्ताका क्षमतावान खेलाडी हुन् । यसअघि घरेलु क्रिकेटमा प्रदेश २ बाट खेलाडी आफ्नो परिचय दिएका विवेकले काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा विदेशी खेलाडीबीच पनि आफूलाई सावित गरेका छन् । विवेकको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको प्रदर्शनले टोलीका प्रशिक्षक नै सोचेभन्दा राम्रो रहेको प्रतिक्रिया दिइरहेका […]
October 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]
October 3, 2021
भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर भीम सार्कीलाई घरेलु क्रिकेटमा शीर्षक्रम ब्याटिङमा विरलै देखिन्छ । प्राय तल्लोक्रम र मध्यक्रममा देखिने भीमले दुई वर्षअघिनै सिनियर टोलीमा स्थान बनाइसकेका थिए । उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सन् २०१९ मा नेपालले युएई भ्रमण गर्दा भीमले पहिलो पटक सिनियर टोलीमा स्थान बनाएका थिए । तर उनलाई डेब्यूको अवसर जुरेन । […]
September 29, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । समग्र दुई वर्षमा क्यानको […]