default_image

भुपेन्द्र जिसीका लेखहरु

February 10, 2022

युवा खेलाडीमा निर्भर विश्वकप भविष्य

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी टि२० विश्वकप २०२२ खेल्ने सपनाका साथ नेपाली क्रिकेट टोली ओमानमा छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए खेल्न मंगलबार राती नेपाल मस्कट पुगेको थियो । नेपालले विश्वकप छनोट अघि तयारी स्वरुप चार देश सम्मिलित टि२० आई सिरिज खेल्नेछ । नेपालले पहिलो खेल शुक्रबार ओमान, शनिबार युएई र सोमबार टेस्ट टोली […]

February 9, 2022

मिहिनेत, सफलता अनि राष्ट्रिय टोलीमा जुरेको अवसर

भुपेन्द्र जिसी, काठमाडौं बायाँ हाते युवा स्पिनर सागर ढकाल नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन् । सागर आइसिसी टि२० विश्वकप छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा परेका छन् । माघ पहिलो साता नै ओमान भ्रमणको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा सागर […]

February 6, 2022

आधुनिक अलराउन्डरलाई आक्रमणको अवसर

भुपेन्द्र जिसी, काठमाडौं विष्फोटक ब्याटिङ अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले निकै आशा राखेको युवा खेलाडी हुन् । घरेलु क्रिकेटमा लगातार आक्रामक ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गर्दै आएका विवेक सिनियर टोलीको डेब्यू नजिक छन् । मैदानभित्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सबल विवेक नेपाली क्रिकेटमा आधुनिक अलराउन्डरको उत्कृष्ट उदाहरण हुन् । आइसिसी टि२० विश्वकप ग्लोबल […]

February 5, 2022

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने छ । ओमानमा अर्को महिना हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । नेपाल सन् २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । यसपटक नेपाललाई विश्वकप पुग्ने स्वर्णीम अवसर […]

February 4, 2022

क्रिकेटमा सफल दीपेन्द्रको नयाँ भूमिका

भुपेन्द्र जिसी, काठमाडौं दीपेन्द्र चौधरी खेलाडी जीवनमा एक सफल अलराउन्डर थिए । झण्डै डेढ दशक नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलेका दीपेन्द्र अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) को मुख्य छनोटकर्तामा नियुक्त भएका छन् । पूर्व कप्तान उत्तम कर्माचार्यले राजीनामा दिएपछि क्यानले दीपेन्द्रलाई छनोट समितिको संयोजकको जिम्मेवारी दिएको हो । उनले आफ्नो खेलाडी जीवनपछि पहिलो पटक […]

January 27, 2022

आक्रामक लोकेशको दमदार इन्ट्री

भुपेन्द्र जिसी, काठमाडौं लोकेश बमको नाम पछिल्लो साता नेपाली क्रिकेट वृत्तमा एकदम चर्चामा रहयो । एक महिनाअघि यू-१९ टोलीको बन्द प्रशिक्षणमा नपरेका लोकेश गत साता विश्वकप छनोटका लागि घोषित नेपालको सिनियर टोलीमा परे । यो छनोटमा धेरैले आश्चर्य पनि मानेनन् । कारण थियो, पीएम कपमा क्षमता अनुसारको आक्रामक ब्याटिङ । त्यसो त नेपाली खेलाडीको क्षमताकै […]

January 22, 2022

मिहिनेतले जुराएको जितेन्द्रको पुनरागमन

भुपेन्द्र जिसी, काठमाडौं तीव्र गतिका बलर जितेन्द्र मुखियाले ७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । ओमानमा फेब्रुअरी तेस्रो सातादेखि सुरु हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि जितेन्द्रले २०१५ पछि सिनियर पूनरागमन गरेका हुन् । चोटपछि राम्रो उपचारको अभाव र त्यसपछि पर्याप्त अवसरको कमीले जितेन्द्र टोली बाहिर रहँदै आएका थिए […]

January 5, 2022

मुलपानी मैदानमा क्रिकेट रोकेर पार्टीको अधिवेशन

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वामित्वमा रहेको काठमाडौंको मुलपानीस्थित तल्लो र माथिल्लो क्रिकेट मैदान नेपाली क्रिकेटको सबैभन्दा विवादित, आलोचित र चर्चामा आउने मैदान हुन् । मैदान निर्माणमा लागेको समयदेखि पिच र मैदानको स्तरलाई लिएर हरेक समय आलोचना हुने गर्दछ । तल्लो मुलपानी मैदानमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट जारी […]

January 5, 2022

‘राम्रो संवाद नहुँदा नै विवाद भयो’ – क्यान अध्यक्ष चन्द

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा गएर बोलेपछि सुरु भएको विवादले ठूलो हलचल मच्चाएको थियो । दुई महिनाअघि सुरु […]

December 10, 2021

आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]

Success

Thank you for your time.