default_image

भुपेन्द्र जिसीका लेखहरु

October 29, 2022

छनोटमा सबैको रोजाइ, खेलमा बेन्चको बसाइ

भूपेन्द्र जिसी, काठमाडौं कुनैपनि खेलाडीले आफ्नो क्षमता देखाउन प्रर्दशन गर्ने अवसर पाउनुपर्छ । खेल्ने अवसर नपाएपछि राम्रो क्षमता भएपनि खेलाडी ओझेलमा पर्छ । घरेलु क्रिकेटमा अलराउन्डर सोनु तामाङ यस्तै नियति भोगिरहेका उदाहरण हुन् । सोनु घरेलु क्रिकेटमा हिटरका रुपमा चिनिन्छन् । टि२० खेलाडीको पहिचान बनाएपनि त्यसलाई प्रस्फुटन गर्ने अवसर पाउन सकेका छैनन् । नेपालमा पहिला […]

October 21, 2022

आमा बनेको ४५ दिनमा प्रशिक्षण, १२ महिनामै स्वर्ण

भूपेन्द्र जि.सी., पोखरा सामान्यतया आमा बनेपछि शारीरिक कमजोरीले महिनौंसम्म पूर्ण रुपमा हिँडडुल गर्न गाह्रो पर्छ । खेलमा फर्कन त त्यो भन्दा धेरै समय लाग्छ । खेलकुदमा आमा बनेपछि सक्रिय रुपमै खेलमा फर्कने महिलाको संख्या कम छ । फर्केपनि केहि समय लिएर फर्कन्छन् । बलियो इच्छाशक्तिकै आडमा स्क्वासकी विपना ब्लोन आमा बनेको डेढ महिनामै प्रशिक्षणमा फर्किइन् […]

September 22, 2022

ड्रप भएपछि कुशलको विष्फोटक पुनरागमन

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीले केन्या भ्रमणको लागि साउनको अन्तिम साता १६ सदस्य टोली सार्वजनिक गर्यो । जुन टोली हेर्दा धेरै समर्थक आश्चर्यमा परे । कारण पाँच टि२० आई खेलको सिरिजका लागि घोषणा गरिएको टोलीमा ओपनर कुशल भुर्तेल थिएनन् । नेपाली क्रिकेट टोलीबाट सन् २०२१ अप्रिलमा डेब्यू गरेपछि कुशल पहिलो पटक टोलीबाट बाहिर हुनुपरेको […]

September 19, 2022

वर्षा र व्यवस्थापनले बिथोलेको क्रिकेट

भुपेन्द्र जिसी, काठमाडौं नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेट प्रतियोगिता शुक्रबार काठमाडौंमा सम्पन्न भयो । पुलिसले फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै पहिलो पटक स्वर्ण जित्यो । तर निरन्तर वर्षा र कमजोर व्यवस्थापनका कारण प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगिताभर मैदानभित्र खेल भन्दा बढी वर्षा नै भयो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा कुल २९ खेल […]

September 16, 2022

आक्रामक आरिफको आगमन

भुपेन्द्र जिसी, काठमाडौं आरिफ शेख नेपाली क्रिकेटमा जिम्मेवारी ब्याटिङ अलराउन्डरको रुपमा चिनिन्छन् । नेपाललाई ओडिआई मान्यता दिलाउन सन् २०१८ डिभिजन–२ मा महत्वपूर्ण योगदान दिएका आरिफको टि२० आई प्रदर्शनमा बेला-बेलामा प्रश्न उठ्ने गर्दछ । पछिल्लो समय निरन्तर सिनियर टोलीमा पर्दै आएका आरिफको ओडिआई प्रदर्शन राम्रो भएपनि टि२० मा भने सन्तोषजनक रहेको छैन । आरिफ टि२० आई […]

September 14, 2022

विवाद र अपारदर्शीतामा जेलिएको नेपाल टि२० लिग

भुपेन्द्र जिसी, काठमाडौं टि२० फ्रेन्चाइज लिगमा खेलाडी अनुबन्ध अक्सन वा ड्राफ्टमार्फत हुने गर्दछ । अक्सनमा न्यूनतम मूल्यदेखि खेलाडीमा बोल कबोल सुरु हुन्छ भने ड्राफ्टमा खेलाडी छनोट अनुसार निश्चित मूल्य तोकिएको हुन्छ । तर दुवै शैलीमा लिगहरुले खेलाडी छनोट प्रक्रिया पारदर्शी रुपमा गर्छन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० लिगको ड्राफ्ट […]

September 11, 2022

सागरलाई जुरेको पुनरागमनको अवसर

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटमा चोटपछि पुनरागमन गर्न धेरै कठिन छ । समयमै स्तरीय उपचार नपाउँदा र उपचार भएपनि फर्कने अवसर नहुँदा खेलाडीलाई चोट अभिसाप नै बन्दै आएको छ । चोटपछि निकै कम खेलाडीले समयमा पुनरागमन गर्ने अवसर पाउँछन् । अझ घरेलु प्रतियोगिताको अवस्था दयनीय हुँदा अधिकांश खेलाडी फर्कन नै पाउँदैनन् । चोटले नै करिअरमा […]

August 24, 2022

भलिबल प्रेमले प्रशिक्षणमा जमेका कुमार राई

भुपेन्द्र जिसी, काठमाडौं खेलमा गम्भीर र खेल बाहिर सधैं मुस्कानका साथ प्रस्तुत हुने मिहिनेती न्यु डायमण्डका मुख्य प्रशिक्षक कुमार राईलाई नेपाली भलिबलमा नचिन्ने सायदै कोहि होलान् । छोटो कदका भएपनि भलिबलमा प्रशिक्षण कर्मका कारण चर्चित नाम । सामान्य जीवन शैली र बानी व्यवहारले समर्थकमाझ पनि परिचित छन् राई । प्रशिक्षक राईको योगदान विना नेपाली महिला […]

August 11, 2022

राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन

भूपेन्द्र जिसी, काठमाडौं युवा विकेटकिपर अर्जुन साउद केन्या भ्रमणका लागि घोषणा गरेको टोलीमा स्थान बनाउन सफल भए । घरेलु क्रिकेटमा प्रभाव जमाएपछि १९ वर्षीय अर्जुनले सिनियर टोलीमा अवसर पाएका हुन् । टोलीमा परेपछि उत्साहित अर्जुनलाई सँगसँगै अर्को चिन्ताले पनि सताउन थालेको छ । राष्ट्रिय टोलीबाट खेल्नका लागि उनीसँग उपयुक्त ब्याट छैन । अर्जुन अहिले ब्याटको […]

August 5, 2022

नेपालको ब्याटिङ सधैं कमजोर हुनुको पाँच कारण

भुपेन्द्र जि.सी. काठमाडौं नेपाली क्रिकेट इतिहासमा ब्याटिङ सबैभन्दा ठूलो कमजोरी हो । नेपालले बलिङमा सानदार प्रदर्शन गर्दै आएपनि ब्याटिङ सधैं खराब हुने गर्दछ । नेपालले गुमाएका लगभग सबै अवसर कमजोर ब्याटिङ कै कारण छन् । डिभिजन फाइभ देखि तीनसम्म उपाधि, टि२० विश्वकप र ओडिआई मान्यता जस्ता ठूला उपलब्धी बलिङमा उच्च प्रदर्शनका साथ पाएको हो । […]

Success

Thank you for your time.