default_image

भुपेन्द्र जिसीका लेखहरु

June 17, 2023

विश्वकप छनोटमा नेपाल : सुपर सिक्स हुँदै विश्वकप खेल्ने सपना

भुपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेट टोली आफ्नो इतिहासको एक उत्कृष्ट लयमा छ । ६ महिना अघि नेपालको विश्वकप छनोट यात्रा अकल्पनीय नै थियो । तर नेपालले आइसिसी विश्वकप लिग–२ मा पछिल्ला १२ मध्य ११ खेलमा जित हात पारेपछि सोझै विश्वकप छनोटमा स्थान बनाउन सफल भयो । मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले खेलेका १७ […]

June 5, 2023

क्रिकेट छोडेर बाध्यताले पलायन हुँदै सुमन

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेटमा सुमन खतिवडाले वर्तमान समयकै उत्कृष्ट युवा अलराउन्डरको पहिचान बनाएकी छिन् । विशेषगरी आक्रामक ब्याटिङ उनको पहिचान हो । उनको शैली र गतीमा ब्याटिङ गर्ने विरलै नेपाली महिला खेलाडी छन् । क्लिन हिटका लागि चर्चित सुमन ‘म्याच विनर’ अलराउन्डर हुन् । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग पाँच टि२० आई खेलको […]

May 7, 2023

केन्याको जस्तो नहोस् नेपाली क्रिकेटको सफलता

भूपेन्द्र जिसी, काठमाडौं एक समय विश्व क्रिकेटमा केन्या विश्वकप फाइनल खेल्न सक्ने एसोसिएट टोलीको रुपमा उदाएको थियो । एसोसिएट मात्र होईन टेस्टका ठूला टोलीलाई स्तब्ध पार्दै केन्याले जायन्ट किलरको पहिचान बनायो । सन् १९९६ देखि २०११ सम्म लगातार पाँच संस्करण एकदिवसीय विश्वकप खेल्दै केन्याले बलियो उपस्थिति जनाएको थियो । केन्या बाहेक अन्य कुनैपनि एसोसिएट टोलीले […]

April 14, 2023

क्रिकेटमा उतारचढावले भरिपूर्ण वर्ष २०७९

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७९ वर्ष निकै अविश्वमरणीय, जादुमयी र यादगार रह्यो । यो वर्ष नेपाली क्रिकेटका लागि सधै सम्झनामा रहनेछ । नेपाली क्रिकेटको लागि पूनरागमनको लागि उदाहरणीय वर्षको रुपमा सधै रहनेछ । अधिकांश समय खराब प्रदर्शन, आलोचना, विवाद, निराशामा बितेपनि अन्त्यतिर लिग २ मा सानदार प्रदर्शन र यू१९ विश्वकपमा पुग्नुले सानदार रह्यो […]

April 7, 2023

दाइ दीपेन्द्र जस्तै अलराउन्डर बहिनी राजमति

भूपेन्द्र जिसी, काठमाडौं दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख अलराउन्डर हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल दीपेन्द्रले सिनियर टोलीबाट सानदार प्रदर्शन गर्दै आएका छन् । धेरैलाई थाहा नहुन सक्छ, दीपेन्द्रकी बहिनी राजमति पनि घरेलु क्रिकेटमा अलराउन्डरको रुपमा उच्च प्रदर्शन गर्दै आएकी छिन् । नेपालको यू-१९ टोलीको प्रतिनिधित्व गरिसकेकी राजमति नेपाल […]

March 28, 2023

ओडिआई मान्यतापछि नेपालको उपलब्धि के ?

भुपेन्द्र जि.सी,काठमाडौं नेपालले सन् २०१८ मार्च १५ मा जिम्बावेमा सम्पन्न आइसिसी ग्लोबल विश्वकप छनोटमा पपुवा न्युगिनीलाई हराउँदै पहिलो पटक ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत २०२३ मार्च १२ मा युएईलाई १ सय ७७ रनले हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन सफल भयो । आइसिसी विश्वकप […]

March 22, 2023

मोन्टि नियुक्तिको मंगल : नेपालको चामत्कारिक प्रदर्शन

भुपेन्द्र जि.सी. काठमाडौं परिवर्तन र सुधार गर्न सुरुवातमा सामान्य कुरामा ध्यान दिनुपर्छ । कुशल नेतृत्वको गुण भएको व्यक्तिले थोरै समयमा पनि धेरै परिवर्तन गर्नसक्छ । मुख्य प्रशिक्षक मोन्टि देशाई असल नेतृत्व क्षमता र कर्मशील भए थोरै समयमा धेरै परिवर्तन गर्न सकिन्छ भन्ने नेपाली क्रिकेटका राम्रो उदाहरण हुन् । नेपालले मोन्टिको मुख्य प्रशिक्षणमा पछिल्लो एक महिनामा […]

March 4, 2023

जगत गुरु – नेपाली क्रिकेटका ‘लक्की चार्म’

भुपेन्द्र जिसी, दुबई नेपालले अन्तिम पटक यू-१९ विश्वकप २०१६ मा बंगलादेशमा खेल्दै सानदार प्रदर्शन गरेको थियो । घरेलु टोली बंगलादेशसँग क्वाटरफाइनलमा पराजित भएपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने अवसर गुमेको थियो । त्यसैबेला नेपालसामु सन् २०१८ मा न्युजिल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन अवसर पनि थियो । तर त्यसमा नेपाल सफल हुन सकेन । सन् २०१८ को […]

March 1, 2023

जो जिल्ला र प्रदेशमा परेनन्, तर राष्ट्रिय टोलीबाट खेले

भुपेन्द्र जि.सी, दुबई घरेलु क्रिकेटमा जिल्ला र प्रदेशभित्र खेलाडी छनोटमा हुने फोहोर राजनीति नौलो कुरा होइन । धेरैजसो जिल्ला र प्रदेशमा टिम घोषणा भएपछि प्रदर्शनका आधारमा टोली छनोट नभएको भन्दै असन्तुष्टि देखिन्छ । यसले प्रतिभावान खेलाडीको भविष्यमा प्रत्यक्ष असर परेको छ । राजनीति यतिसम्म छ कि छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी पनि टोलीमा पर्दैनन् । […]

February 24, 2023

मोन्टीको आगमनसँगै जागेको आशा

भुपेन्द्र जि.सी.,काठमाडौं चार खेल चार जित, सबै खेलमा फरक प्लेयर अफ द म्याच । एक शतक र ७ अर्धशतक । ब्याटिङमा लगातार तीन पटक २ सय ७० माथिको योगफल सफल रुपमा पूरा । यो किसिमको प्रदर्शन नेपाली ब्याटरबाट कमै देख्न पाइन्छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा यस साता नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबिया […]

Success

Thank you for your time.