default_image

Author

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

December 31, 2024

एन्फाको हातमा घन छ कि पानी ?

सन्जोग चाम्लिङ राई आज डिसेम्बर ३० । केही विशेष दिन हो कि ? वास्तवमा केही होइन । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल सम्पन्न भएको करिब ६० दिन भयो । दुई महिना अगाडिको नेपाली फुटबल सम्झने हो भने नेपाली महिला फुटबलको प्रशंसा, उत्साह–निराशा आदिको चर्चा सबैले गरे । यो विषय छोटो समयमा लगभग सेलाएर गयो […]

December 27, 2024

एनओसीका नयाँ अधिनायकवादी र मतियारहरु

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदमा एउटा प्रवृत्ति नै छ । अनेक तानाबाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]

December 26, 2024

सन्दीपले ‘जय ट्रफी’ मा बागमतीको कप्तानी गर्ने

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जय ट्रफी २०८१ का लागि बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् । क्यानले मेन्स एलिट कप प्रतियोगितालाई नामकरण गरेर जय ट्रफीको नाममा आयोजना गर्न लागेको हो । माघको पहिलो साता मधेश प्रदेशको पर्सा र जनकपुरमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै ४ टोली खेल्दैछन् । प्रधानमन्त्री […]

December 24, 2024

लगनशील ललितले टोलीलाई च्याम्पियन बनाउँदा गुमेको कार!

सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]

December 18, 2024

एनपिएलमा कार जित्ने दौड : पाँच खेलाडीबीच प्रतिस्पर्धा

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो । प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे […]

December 17, 2024

एनपिएलमा हराएको कुशलको ब्याटिङ कौशल

भुपेन्द्र जि.सी. कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो । कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा […]

December 15, 2024

सन्दीपको नेपाली फ्रेन्चाइज इतिहासकै कमजोर प्रदर्शन

भुपेन्द्र जि.सी. नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) मा आफ्नो इतिहासकै कमजोर प्रदर्शन गरेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप ७ मध्य ४ खेलमा विकेटविहीन रहे । विकेटविहीन खेलको हिसाबले उनका लागि यो नेपाली फ्रेन्चाइज लिग इतिहासकै सबैभन्दा कमजोर प्रदर्शन हो । यसअघि सन् २०१६ देखि सुरु भएको नेपाली फ्रेन्चाइज […]

Success

Thank you for your time.