default_image

एथलेटिक्स

February 14, 2024

अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने

काठमाडौं (हाम्रो खेलकुद) – एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ । कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने […]

February 12, 2024

म्याराथनका विश्व कीर्तिमानधारी किप्टमको निधन

एजेन्सी – पुरुष म्याराथनमा विश्व कीर्तिमान बनाएका केन्याका धावक केल्भिन किप्टमको सडक दुर्घटनामा निधन भएको छ । बीबीसीका अनुसार उनको प्रशिक्षक जेर्भाइस हकिजिमानासँग पश्चिम केन्यामा आइतबार भएको दुर्घटनामा मृत्यु भएको हो । गत अक्टोबरमा भएको सिकागो म्याराथनमा किप्टमले २ घण्टा ३५ सेकेन्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । आइतबार केन्याको रातको ११ […]

February 5, 2024

विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित […]

January 31, 2024

किसुन जी हाफ म्याराथन चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेश समितिले चैतमा तेस्रो किसुन जी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन आयोजना गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यू (किसुन जी) को स्मृतीमा चैतको १७ गते आयोजना गर्ने बागमती प्रदेश समितिका अध्यक्ष दिपक गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

January 29, 2024

प्रधानसेनापति म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा अर्को महिना प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० हुने भएको छ । म्याराथनको नवौं संस्करणको फागुनमा १९ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलमा नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले जानकारी दिए । प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन (४२ .१९५ किमी) हाफ म्याराथन, […]

January 26, 2024

सन्तोषीले म्याराथनको ‘डेब्यू’ मै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले म्याराथनको डेब्यूमै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । बंगलादेशमा शुक्रबार भएको बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी‌ छिन्‌। ढाकामा शुक्रबार भएको म्याराथनको दक्षिण एसियाली विधाको महिलातर्फ २ घन्टा ४६ मिनेट २२ सेकेन्ड मा दौड पूरा गर्दै उपाधि जितेकी हुन् । यसअघि पुष्पा भण्डारीको‌ नाममा […]

January 24, 2024

ढाका म्याराथनमा पदक जित्नेलाई नेपालगन्ज म्याराथनले पुरस्कृत गर्ने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपाली म्याराथन धावकको हौसला बढाउन नेपालगन्ज म्याराथनले प्रोत्साहन कार्यक्रम अघि सारेको छ । गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको नेपालगञ्ज म्याराथनले जनाएको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार हुन बंगबन्धु शेख मुजिब […]

January 14, 2024

सफल पोखरालाई रोटरी डिस्ट्रिकको‌ साथ

विजय नेपाली, पोखरा नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना फागुनमा आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई रोटरी डिस्ट्रिक ३२९२ ले सह प्रायोजकन गरेको छ । पोखरा म्याराथनको १८ औं संस्करण फागुन ५ गते आयोजना हुँदैछ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका रोटरीले हरेक वर्ष २ लाख रुपैयाँ प्रदान गर्ने गरि सह प्रायोजकको रुपमा गरेको हो । रोटरी […]

January 10, 2024

सफल पोखरा म्याराथनलाई गण्डकी प्रदेश खेलकुदको साथ

विजय नेपाली ,पोखरा पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करण फागुन ५ गते हुँदैछ। प्रदेश खेलकुद परिषदका  गण्डकीका सदस्य सचिव श्रीधर शर्माले अध्यक्ष हरिप्रसाद पराजुलीको नेतृत्वमा गएको मन्च टोलीबीच बुधबार भेटघाटका‌ क्रममा परिषदले […]

January 10, 2024

झिल्टुङ्ग क्रसकन्ट्री दौड माघको पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – झिल्टुङ्ग क्रसकन्ट्री दौडको आठौँ संस्करण माघको पहिलो सातामा हुने भएको छ। ‘जे गरौँ गज्जबले गरौं’ भन्ने नाराका साथ यस पटक माघ ६ गते दौड हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा दौड संयोजक मोहन नेपालले जानकारी दिए । एथलेटिक्स परिवार नेपाल संयोजनमा हुने झिल्टुङ्ग क्रसकन्ट्री दौड नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका अन्तर्गत वडा नं […]

Success

Thank you for your time.