default_image

एथलेटिक्स

April 6, 2024

मञ्जुश्री ट्रेल रेस – अर्जुनलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करणको‌ उपाधि अर्जुन कुलुङ‌ राईले जितेका छन् । विभिन्न चरणका रेसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै कीर्तिमान तोड्दै अर्जुन विजेता बनेका हन् । उनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गर्दै उपाधि जितेका हुन् । मञ्जुश्री ट्रेल रेसका […]

April 6, 2024

तीर्थले जिते लुम्बिनी पिस म्याराथन

लुम्बिनी (हाम्रो खेलकुद)- तीर्थ पुनले शनिबार लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन् । रुपन्देहीको लुम्बिनीमा भएको म्याराथनमा‌ तीर्थले दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । खड्ग बहादुर खड्का २ घण्टा २० मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो बने । दुर्गा बहादुर बुढा तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा […]

April 5, 2024

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा

भैरहवा (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ । सन् २०२२ मा पहिलो पटक लुम्बिनीमा अवस्थित विश्वशान्ति द्धिपबाट मायादेवी मन्दिर सम्म सुरु भएको वाकाथनलाई विस्तार गर्ने क्रममा गत वर्ष म्याराथन आयोजना भएको थियो । शनिबार […]

April 5, 2024

चौथो मन्जुश्री ट्रेल रेस सुरू, ४० विदेशी सहित ३ सय बढी सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- चौथो मन्जुश्री ट्रेल रेस सुरू भएको छ । इचंगुनारायण स्थित सिंगल ट्रिबाट सय माइलको दौड शुक्रबार बिहान ८:०० बजे सुरू भएको हो । शनिबारसम्म विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावक सहभागी छन् । जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र […]

March 30, 2024

कीर्तिपुरमा आमा दौड सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर नगरपालिका र एन.आर.एस स्पोर्टस फाउनडेशनको सहकार्यमा शनिबार कीर्तिपुरमा आमा दौड आयोजना भएको छ। ३ किलोमिटर दौडमा झन्डै ७ सय महिलाहरुको सहभागिता रहेको‌ बताइएको छ । कीर्तिपुर नयाँबजारबाट सुरु भएको दौड ल्याकु दरबारमा गएर सम्पन्न भएको थियो । खेलकुदमा बालबालिकालाई‌ आकर्षित गर्नका आमाहरु खेलकुदप्रतिको जागरुक हुन आवश्यक रहने सन्देश दिनका लागि आमा […]

March 30, 2024

पुष्पा र विजयलाई किसुनजी स्मृति हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र विजय रावत ले तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्। शनिबार भएको प्रतियोगितामा पुष्पा महिला र विजय पुरुषतर्फ विजयी भएका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा तय गरिन् । दोश्रो भएकी […]

March 21, 2024

राइट टु प्रोटिन रनमा ७ हजार बढी दौडने

काठमाडौं (हाम्रो खेलकुद)– राइट टु प्रोटिन रनको हाफ म्याराथनको तेस्रो संस्करण सबै तयारी पूरा भएको आयोजक नेपाल भेटेरिनरी एसोसिएसनले जानकारी दिएको छ । हाफ म्याराथन शनिबार दशरथ रंगशालामा आयोजना हुँदैछ । प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सितलकाजी श्रेष्ठले […]

March 14, 2024

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी फिक्ट्सको नेपाल दूत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि फिक्ट्सको दूतमा नियुक्त भएका छन् । विश्वभर खेलकुद र ओलम्पिक मूल्यहरूको सारलाई थप प्रचार गर्नको लागि, इटालीको मिलानमा रहेको फेडरेसन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स) ले विभिन्न देशहरूमा आफ्ना गतिविधिहरूको दायरा फराकिलो बनाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा भिजुअल मिडिया मार्फत खेलकुदका […]

March 12, 2024

कीर्तिमानी धावक मानन्धर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – क्यामेलिया स्कुलले आफ्नो रजत महत्सवमा कीर्तिमानी धाकव बैकुण्ठ मानन्धरणलाई सम्मान गरेको छ । सोही अवसरमा करातेका उदीयमान खेलाडी आर्यन रन्जितलाई सम्मान गरिएको थियो । मानन्धरले दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी स्वर्ण पदक जितेका थिए । मानन्धरले सन् १९८४ को पहिलो साफ, १९८५ र १९८७ […]

March 3, 2024

राइट टु प्रोटिन रन अर्को चैत १० मा

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रनको हाफ म्याराथनको‌ तेस्रो संस्करण अर्को महिना आयोजना भएको छ। नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चैत १० गते दशरथ रंगशालाबाट प्रोटिन म्याराथन सुरु आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक समितिका सचिव सितलकाजी श्रेष्ठले जानकारी […]

Success

Thank you for your time.