default_image

एथलेटिक्स

January 30, 2016

तीर्थ र लक्ष्मीलाई स्वर्ण

काठमाडौं, माघ १६ । भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले ‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए । पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र […]

January 18, 2016

अल्ट्रा धाविका मिरा सम्मानित

अल्ट्रा धाविका मिरा राई सोमबार सम्मानित भएकी छन् । नेपाल क्यानाडा फ्रेन्डसिप कल्चर एसोसिएसनले गरेको कार्यक्रममा मिरालाई सम्मान गरेको हो । उपप्रधान तथा गरिबि निवारण मन्त्री चित्रबहादुर केसीले उनलाई नगद सहितको सम्मान गरेका थिए । अल्ट्रा दौडमार्फत नेपाललाई अन्तर्राष्ट्यि क्षेत्रमा चिनाउन सफल मिरा अल्ट्राको महिला धाविकका तर्फ विश्वको दोस्रो वरियता खेलाडी हुन् । खुसी हुँदै […]

Baikutha

January 10, 2016

बैकुण्ठ पृथ्वी पुरस्कारबाट सम्मानित

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन पटक स्वर्ण पदक जित्ने किर्तिमानी म्याराथन धावक बैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघले आइतबार राजधानीमा मानन्धरलाई सम्मान गरेको हो । उपप्रधान एवंम परराष्ट्रमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मानन्धरलाई पृथ्वीनारायण शाहकाको प्रतिमा, दुई लाख रुपैयाँ र प्रसंम्शा पत्र […]

December 23, 2015

पांचथर राष्ट्रपति रनिङ शिल्डको प्रभावकारीता कम

दिपक बोहोरा, पांचथर राष्ट्रपति रनिङ शिल्ड बिद्यालय स्तरिय खेलकुद प्रतियोगितामा मापदण्ड पुगेका बिद्यालय समेत सहभागी नहुने कारण सक्षम खेलाडी छनौट गर्ने सरकारी योजना असफल बन्दै गएको छ । पांचथर क्रमिक रुपमा बिद्यालयहरु प्रतियोगिताका लागि नआउने क्रम बढे पछिखेलाडि छनौटमा समस्या भएको हो । अघिल्लो बर्ष पांचथरको क्षेत्र नम्बर १ मा माबि र उच्च माबि गरेर १८ बिद्यालयले प्रतियोगितामा सहभागिता […]

Mentro Bista

December 13, 2015

विष्ट मेन्टरको ब्रान्ड एम्बासडर

मेन्टर इन्स्टिच्यूट, नयाँ बानेश्वरले दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मेन्टरका तर्फबाट प्रबन्ध निर्देशक हेमन्त भट्टराई र विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि दुई वर्षको रहेको छ । सन् २००३ मा स्थापना भएको मेन्टर विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिनुका साथै व्यवस्थापन पक्षमा […]

December 12, 2015

रोड रेसमा हरि र विश्वरुपा पहिलो

हरिकुमार रिमाल र विश्वरुपा बुढा तेश्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोश्रो र कल्याण बानियाा तेश्रो भए । दुवै आर्मीका हुन् । प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दूरी तय […]

shooting

December 9, 2015

स्नेहको ३८९ अंक

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी छन् । ३ सय ८९ अंक स्नेहको आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको बराबरी प्रदर्शन हो । नेपाल प्रहरीका फूलमाया क्याप्छाकी र अस्मिता राईले समान ३ […]

tekwando

December 9, 2015

पारा तेक्वान्दो पदक विजेता सम्मानित

काठमाडौं, मंसिर २३ गते । नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बुधबार सम्मान गरेको छ । ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका कांस्य विजेता अरुण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आईवास) का कांस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित सम्मान गरियो । […]

v

December 9, 2015

विष्टलाई छैटौं डान

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दीपक विष्टलाई नेपाल तेक्वान्दो संघले बुधबार छैटौं डान प्रदान गरेको छ । पारा तेक्वान्दो खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले छैटौं डानको प्रमाण पत्र प्रदान गरे । विष्ट दक्षिण एसियाली खेलकुदका ४ स्वर्ण विजेता तथा एसियाली खेलकुदका २ कांस्य विजेता हुन् । छनोट चरण […]

December 5, 2015

यामसाजनद्वारा तिलकरामको कीर्तिमान बराबर

एपीएफ क्लबका यामसाजन सुनारले भारतमा हुने आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित एथलेटिक्स खेलाडी छनोट प्रतियोगिताको पुरुष २ सय मिटर दौडमा तिलकराम थारुको कीर्तिमान शनिबार बराबर गरेका छन् । निर्धारित दूरी २१.५ सेकेन्डमा पूरा गर्दै यामसाजनले २०१३ को फब्रुअरीमा काठमाडौंमा भएको गोल्डेन स्प्रिन्ट मिटमा तिलकरामले बनाएको सोही समयको […]

Success

Thank you for your time.