default_image

एथलेटिक्स

November 19, 2016

अल्ट्रा धाविका मिरालाई सरकारको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी धाविका मिरा राईलाई सरकारले उपचार खर्चका लागि ५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले शुक्रबार मन्त्रालयमा मिरालाई चेक हस्तान्तरण गरेका थिए । अल्ट्राका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दर्जन भन्दा बढी उपाधि जितिसकेकी मिरालाई सरकारले आर्थिक सहयोग गरेको यो पहिलो पटक हो […]

November 4, 2016

अल्ट्रा धाविका मिरा एड्भेन्चर अफ दि इयरको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा पहिचान बनाइसकेकी नेपाली धाविका मिरा राई टेलीभिजन च्यानल नेसनल ज्योग्राफिकको एड्भेन्चर अफ द इयर अवार्डको मनोयनमा पर्न सफल भएकी छिन् । नेसनल ज्योग्राफिकले शुक्रबार सार्वजनिक गरेको उक्त अवार्डको मनोनयनमा पर्ने १० मध्ये मिरा एक हुन् । मनोनयनमा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम […]

August 19, 2016

बोल्टले २ सय मिटरमा स्वर्ण पदक जिते

रियो दि जेनेरियो (एजेन्सी) – जमैकन धावन उसेन बोल्टले रियो ओलम्पिकमा २ सय मिटर दौडमा पनि स्वर्ण पदक जितेका छन् । शुक्रबार बिहानको यो सफलतासँगै उनले जारी ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने सम्भावनालाई समेत जीवित राखेका छन् । २९ बर्षे बोल्टले १९.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् । क्यानडाका आन्द्रे डी ग्रासेले रजत […]

August 17, 2016

हरि आफ्नो उत्कृष्ट समयभन्दा पनि पछि रहे

काठमाडौं (हाम्रो खेलकुद)– एथलेटिक्सका हरिकुमार रिमालले रियो ओलम्पिकको ५ हजार मिटर दौडमा कमजोर प्रदर्शन गरेका छन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यसहित रियो ओलम्पिक पुगेका उनी आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन असफल रहे । बुधबार साँझ हिटमा दौडेका हरिले १४ मिनेट ५४.४२ सेकेन्ड समय निकालेका थिए । त्रिभुवन आर्मी क्लबका उनको उत्कृष्ट समय १४ मिनेट ३२.१८ सेकेन्डको […]

default_image

August 5, 2016

रियो एथलेटिक्स टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले शुक्रबार बिदाइ गरेको छ । एथलेटिक्समा पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमाल तथा महिला १५ सय मिटर दौडमा सरस्वती भट्टराईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा पुष्पराज ओझा रहेका छन् । बिदाइका अवसरमा टोलीलाई ट्रयाकसुट प्रदान गरिएको […]

June 10, 2016

च्यारीटि हाईकिङमा सहभागि हुने म्याराथन धावक मानन्धरलाई पोखराबाट विदाई

दिननाथ बराल पोखरा २८, गते दक्षिण एसियाली खेलकुद (साग) मा स्वण पदक विजेता म्याराथन धावक बैकुण्ठ मानन्धरलाई सुक्रबार पोखरामा हङकङ यात्राको सफलताको कामना सहित एक समारोहका विच विदाई गरीएको छ । सहारा क्लव, पोखराका अध्यक्ष विरभद्र आचार्य, निवर्तमान अध्यक्ष विक्रम थकालीले फुलमाला तथा खादा एवं मायाको चिनो हस्तान्तरण गरी धावक मानन्धरलाई विदाई गरेको महासचिव केशवराज […]

May 9, 2016

कार्कीको लपु–लुम्बिनी दौड

धावक रामसुन्दर कार्की ललितपुरको जावलाखेलदेखि लुम्बिनीसम्म दौड्ने भएका छन् । यसअघि पााच पटक उपत्यकादेखि लुम्बिनीसम्म दौडिसकेका कार्कीले छैटौं पटकको दौड जेठ ५ गतेदेखि प्रारम्भ गर्ने भएका छन् । कार्की बुद्धजयन्तीका दिन जेठ ८ गते बिहान लुम्बिनी पुग्ने बताइएको छ । त्यसदिन कार्की लुम्बिनीमा बुद्धजयन्तीका अवसरमा हुने र्‍यालीमा पनि सहभागी हुने छन् । दौडका दौरान कार्कीलाई […]

saraswati chaudhary

April 30, 2016

एसियाली जुनियर एथलेटिक्स छनोटमा सरस्वती पहिलो

सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको महिला १ सय मिटर दौडमा सरस्वती चौधरी शनिबार पहिलो भएकी छन् । सरस्वतीले निर्धारित दूरी १२.६ सेकेन्डमा पूरा गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सोही स्पर्धाको पुरुषमा आशिष खत्री पहिलो भए ।उनले ११.३ सेकेन्ड समय खर्चे । पुरुष ८ सय मिटर दौडमा ओमप्रकाश शाह २ मिनेट […]

February 27, 2016

सजना र बिशाल पहिलो

काठमाडौं, फागुन १५ सजना श्रेत्री र बिशाल बाँनियाले १० किमी खुल्ला दौड प्रतियोगितामा पहिलो स्थान हात पारेका छन् । कुसुन्ती युवा क्लबले स्थापनाको २८औ बर्ष पुरा गरेको अवसरमा शनिवार आयोजना गरिएको खुला दौड प्रतियोगिताका महिलातर्फ सजना खत्री पहिलो, बर्षा थापा दोश्रो प्रिति श्रेष्ठ तेश्रो भए । त्यस्तै पुरुषतर्फ बिशाल बानिया पहिलो,बिकास सुब्बा दोश्रो र श्री […]

February 1, 2016

हाफ म्याराथनमा रेकर्ड ब्रेक गर्नेलाई हिरो डास स्कुटर

काठमाडौं, माघ १८ । कान्तिपुर हिरो हाफ म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने पुरुष तथा महिला खेलाडीले नगद ५० हजारसहित एक–एक थान हिरो डास स्कुटर पाउने भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले छैटौ संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडीलाई नगद भन्दा स्कुटर दिने निर्णय गरेको जानकारी गरायो । यसअघि कोर्स रेकर्ड ब्रेक गर्ने खेलाडीले ५० […]

Success

Thank you for your time.