default_image

एथलेटिक्स

March 20, 2017

ब्रनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा सोमले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद))– सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णसहित दुई वटा पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड स्वर्ण पदक जितेको एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप) ले विज्ञप्ती जारी गरेको छ । ८ सय मिटरमा शनिबार स्वर्ण जितेका सोमले आइतबार ४ सय मिटर दौडमा रतज जितेका […]

March 19, 2017

कान्छिमाया ताइपे म्याराथनमा ११ औं

प्रकाश तिमल्सिना काठमाडौं– यो बर्ष आठ वटा उपाधि जिति सकेकी कान्छिमाया कोजुले ताइपे म्याराथनको महिलातर्फ ११ औं स्थान हासिल गरेकी छिन् । आइतबार भएको म्याराथनमा नेपाल एपिएफ क्लबकी कान्छिमायाले २ घन्टा ५९ मिनेट ३७ सेकेन्ड दौड पुरा गरेकी थिइन् ।  सन् १९७३ देखि १९८२ सम्म जन्मेका खेलाडीमध्ये भने उनी पहिलो स्थान हासिल गर्न सफल भएकी […]

March 17, 2017

गोटीखेलमा भलिबलसँगै बुद्धिचाल र दौड हुने

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुरको गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा तीनवटा खेल आयोजना गर्ने भएको छ । चैत २६ गते देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितासँगै बुद्धिचाल र दौड प्रतियोगिता पनि आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले बताए । भलिबलमा १२ देखि १४ टोलीसम्म भए नकआउट र त्यो भन्दा […]

March 3, 2017

पाँचथरमा दुर्गा माविलाई राष्ट्रपति रनिङ शिल्ड

दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]

February 24, 2017

साता नबित्दै कीर्तिमानसहित कान्छिमायाले हाफ म्याराथन जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – एक साता नबित्दै कान्छिमाया कोजुले हाफ म्याराथनको अर्को उपाधि जितेकी छिन् । एक दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै एपिएफकी कान्छिमायाले शुक्रबार हाफ म्याराथन (२१ किलोमिटर) उपाधि जितेकी हुन् । उनले १ घन्टा १८ मिनेट १० सेकेन्डमा दुरा पुरा गर्दै निर्मला भारतीको कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । निर्मलाले […]

February 22, 2017

धरानमा ८ किलोमिटर दौड २ हजार बढीले दौडने

बिकास चाम्लिङ राई धरान – स्वच्छ धरान स्वास्थ्य धरानको नारा सहित हरेक वर्ष आयोजना हुने नेवा च्यारेटि ८ के (८ किलोमिटर) रन दौड प्रतियोगिताको पाँचौं संस्करण शनिबार हुने भएको छ । नेवा च्यारेटिको मातहतमा रहेको धरान रनको आयोजनामा हुने ८ के रनमा यस पटक २ हजार बढीले भाग लिने बुधबार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष […]

February 19, 2017

नवयुग र गौरिकासहित २२ खेलाडीलाई एनएनआइपिएले सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]

February 18, 2017

साउदलाई पोखरा म्याराथनको उपाधि

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लवका नवराज साउदले सफल पोखरा म्याराथन २०७३ को उपाधि जितेका छन । पोखरामा आज (शनिबार) सम्पन्न भएको ११ औं संस्करणको उक्त प्रतियोगितामा एक सय ६९ जना धावकलाई पछि पार्दै उनले उपाधि सहित ६० हजार नगद हात पार्न सफल भए। ४२ कि.मी. १९५ मीटरको दुरी उनले २ घण्टा ३४ मिनेट […]

February 18, 2017

कान्छीमाया र हरि कान्तिपुर हाफ म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब हरिकुमार रिमाल र नेपाल एपिएफ क्लबकी कान्छीमाया कोजु कान्तिपुर हिरो हाफ म्याराथनको उपाधि जितेका छन् । शनिबार भएको सातौं संस्करणमा च्याम्पियन बन्ने क्रममा हरि र कान्छिमायाले कोर्स रेकर्ड राखेका छन् । कान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवका अवसरमा भएको हाफ म्याराथनमा पुरुषतर्फ हरिले १ घन्टा ६ मिनेट ४१ सेकेन्ड […]

February 18, 2017

तीन नेपालीले एसियन विन्टर गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् । आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका […]

Success

Thank you for your time.