April 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र सरिता बासीले दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि जितेका छन् । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा लाङटाङमा मंगलबार भएको म्याराथनमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सरिता बासीले उपाधि जितेका हुन् । पुरुषतर्फ आर्मीकै खेलाडी शीर्ष तीन भित्र पर्न सफल भए । होमलालले निर्धारित […]
April 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को आयोजनामा हुने दोस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तयारी पुरा भएको छ। विानशकारी भूकम्प गएको दिन बैशाख १२ गते हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजक टानले बिहिबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो। म्याराथन भूकम्प प्रभावित जिल्ला रसुवाको लाङटाङ क्षेत्रमा हुनेछ। टानले अघिल्लो वर्ष गोसाईकुण्डबाट सदरमुकाम धुन्चेसम्म […]
April 18, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- बतासे ट्रेल्सकै आयोजनामा तेस्रो संस्करणको बतासे ट्रेल विनाशकारी भूकम्प गएको वैशाख १२ गतेनै दिवंगतहरुको सम्झनामा बतासे ट्रेल रेस आयोजना गर्ने जानकारी गरायो । यसपटकबाट वर्षमा दुईपटक वैशाख १२ गते र अर्काे पुसमा बतासे ट्रेल आयोजना गरिने कार्यक्रम संयोजक मिङमार ग्याल्पो लामाले जानकारी गरायो । ट्रेल रेस १२, ३७ र ८५ किलोमिटरमा हुनेछ । […]
April 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)- विश्वकै सबैभन्दा चिसो स्थान नर्थ पोलमा भएको एफडब्लु डि नर्थ पोल म्याराथनका पदक विजेता खेलाडी सम्मानित भएका छन् । दुवै पदक विजेता खेलाडीलाई बतासे ट्रेल्सले जनही १०–१० हजार र सम्मान पत्रले मंगलबार सम्मानित गरेको हो । खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पा, बतासे ट्रेल्सका अध्यक्ष सुजन तामाङ र सिन्धुपाल्चोक जिल्ला […]
April 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – संसारकै सबैभन्दा चिसा ठाँउमा भएको नर्थ पोल म्याराथनमा नेपाली धावकहरुले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । नर्वेमा आइतबार सम्पन्न म्याराथनमा भीमबहादुर गुरुङ दोस्रो र समिर तामाङ तेस्रो भएका छन् । भीमले ४ घन्टा १८ मिनेट ५० सेकेन्ड र समिरले ३ घन्टा ३१ मिनेट २३ सेकेन्डमा दौड पुरा गरेका थिए […]
April 1, 2017
नुवाकोट (हाम्रो खेलकुद) – आर्मीका हेमलाल श्रेष्ठ र धादिङकी सन्तोषी श्रेष्ठ प्रथम झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा च्याम्पियन भएका छन्। नुवाकोटको महादेव माध्यमिक विद्यालय कोल्पुटारमा शनिबार भएको झिल्टुङ क्रस कन्ट्री च्याम्पियनसिपमा निर्धारित १३.४ किमि दुरी ५४ मिनेटमा पुरा गर्दै आर्मीका हेमलाल श्रेष्ठ च्याम्पियन बनेका हुन्। ५४ मिनेट १८ सेकेण्डमा दुरी पुरा गरेका नेपाल एपिएफका लक्ष्मण मल्ल […]
March 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटको कोल्पुटारमा प्रथम झिल्टुंग क्रस कन्ट्री रेस हुने भएको छ । महादेव माध्यमिक विद्यालय कोल्फुटारको आयोजना तथा नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा नुवाकोट यही चैत १९ गते शनिबार पहिलोपटक क्रस कन्ट्री रेस हुन लागेको विद्यालयका प्रधानाध्यापक केदार प्रसाद नेपालले आइतबार पत्रबार सम्मेलेनमा जानकारी गराए । रेसमा नेपालका राष्ट्रिय स्तरका धावकहरुले उपस्थिति जनाउने […]
March 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– गोसाईकुण्ड लाङटाङ म्याराथनको दोस्रो सस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमार्फत भूकम्प गएको दिन (बैशाख १२ गते) आयोजना गर्ने जानकारी दिएको छ । विनाशकारी भूकम्प २०७२ को वैशाख १२ गते भएको थियो । भुकम्पपछि लाङटाङ गोसाईकुण्डको पर्यटकीय गतिविधिलाई पूनर्जिवित […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद))– सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णसहित दुई वटा पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड स्वर्ण पदक जितेको एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप) ले विज्ञप्ती जारी गरेको छ । ८ सय मिटरमा शनिबार स्वर्ण जितेका सोमले आइतबार ४ सय मिटर दौडमा रतज जितेका […]
March 19, 2017
प्रकाश तिमल्सिना काठमाडौं– यो बर्ष आठ वटा उपाधि जिति सकेकी कान्छिमाया कोजुले ताइपे म्याराथनको महिलातर्फ ११ औं स्थान हासिल गरेकी छिन् । आइतबार भएको म्याराथनमा नेपाल एपिएफ क्लबकी कान्छिमायाले २ घन्टा ५९ मिनेट ३७ सेकेन्ड दौड पुरा गरेकी थिइन् । सन् १९७३ देखि १९८२ सम्म जन्मेका खेलाडीमध्ये भने उनी पहिलो स्थान हासिल गर्न सफल भएकी […]