March 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाल एपिएफ क्लबका चन्द्र बहादुर पुलामी मगर गोल्डेन एथलेटिक्स मिटमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सन्तोषी सिनियर महिलातर्फ तथा चन्द्र बहादुर सिनियर पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा शनिबार भएको गोल्डेन एथलेटिक्स मिटको ३ हजार मिटर दौडमा सन्तोषीले स्वर्ण […]
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका कृष्ण बस्नेतले छैटौ प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् । शनिवार भएको म्याराथनमा कृष्णले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन् । उनले भारतीय सेनाका तीर्थ पुन र गतवर्षको विजेता होमलाल श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन् । प्रधानसनापति म्याराथनको उनको यो […]
March 6, 2021
काठमाडौ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) की पुष्पा भण्डारीले छैटौं संस्करणको प्रधानसेनापति खुल्ला म्याराथन अन्तरगतको महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । पुष्पाले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनी गतवर्षको पनि विजेता हुन् । उपाधिसँगै उनले ट्रफीसहित नगद ७५ हजार र स्कुटी […]
February 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ‘गोल्डेन एथ्लेटिक्स मिट’ यसै महिना आयोजना हुने भएको छ । काठमाडौं जिल्ला एथ्लेटिक्स संघ, ललितपुर जिल्ला एथ्लेटिक्स संघ र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा प्रतियोगिता फागुन २९ गते शनिबार हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने एथलेटिक्स मिटमा सिनियरतर्फ महिला र पुरुषको ५ इभेन्ट र जुनियरतर्फ ३ इभेन्ट समावेश गरिएको […]
February 11, 2021
पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पुरा भएको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपाल जनाएको छ । पोखरास्थित नेपाल पयर्टन बोर्डमामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले शनिबार हुने १५औं सस्ंकरणको तयारी पुरा भएको जानकारी दिएको हो । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्ने पोखरा म्याराथनमा पहिलोपटक महिला हाफ म्याराथन पनि समावेश गरिएको मञ्चले यसअघि […]
February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुुलुङ राई र हुमी बुढामगर पाँचौ झिल्टुङ क्रस कन्ट्री दौडमा च्याम्पियन बनेका छन् । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा शनिबार भएको दौडमा राईले निर्धारित १३.४ किमि दुरी ५४ मिनेट ५५.०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८.५० सेकेन्डमा दुरी पुरा गर्दा भने […]
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल […]
January 11, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवार हुने भएको छ । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको […]
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता […]