default_image

एथलेटिक्स

July 26, 2021

सागका पदक विजेतालाई एथलेटिक्स संघको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गरेका हुन् । सागमा नेपालले ३ स्वर्ण, […]

July 26, 2021

खेलाडीलाई रंगशाला प्रवेशमै रोक

काठमाडौं (हाम्रो खेलकुद) – तीन वर्षअघि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित कुमार यादवले यसै साता भारतको पन्जाव हुने यु–२० फेडेरेसन कपमा प्रतिस्पर्धा गर्दैछन् । तर खेल्ने मिति नजिकिदै गर्दा पनि उनले राम्रोसँगै प्रशिक्षणको अवसर नै पाएका छैनन् । देशमा भएको एकमात्र ट्रयाकसहितको सुविधासम्पन्न रंगशालामा राष्ट्रिय खेलाडीलाई नै प्रवेशमा रोक लगाइएको छ । विश्व […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 18, 2021

टोकियो ओलम्पिक – एथलेटिक्स प्रशिक्षक मल्लको सट्टामा श्रेष्ठ जाने

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]

June 19, 2021

भारतीय चर्चित धावक मिल्खा सिंहको निधन

एजेन्सी – भारतका चर्चित धावक मिल्खा सिंहको कोरोना संक्रमणबाट चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पिजीआईएमईआरमा भर्ना गराइएको थियो । शुक्रबार उनको स्वास्थ निकै बिग्रिएपछि धेरै कोसिसका बाबजुद पनि उनलाई बचाउन नसकिएको पिजीआईएमईआर अस्पतालका प्रवक्ता अशोक कुमारले बताएको छ । उनका अनुसार मिल्खा सिंहको निधन शुक्रबार राति ११ः३० बजे […]

April 3, 2021

पुष्पा र गजेन्द्रलाई किसुन जी हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी पुष्षा भण्डारी र त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले प्रथम किसुन जी स्मृति हाफ म्याराथनको उपाधि जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशको आयोजना भएको हाफ म्याराथनको महिलातर्फ १ घन्टा २३ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै पुष्पाले उपाधि जितेकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनतर्फ […]

March 27, 2021

तीर्थ र फूलमतीलाई १० किमी दौड उपाधि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १० किलो मिटर दौडको उपाधि तीर्थ पुन र एपिएफ क्लबकी फूलमती रानाले जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ भारतिय सेनामा कार्यरत तीर्थले ३३ मिनेट ३३.०८ सेकेण्डमा दौड पुरा गर्दै उपाधि जिते । नेपाली सेनाका जितेन्द्र दनुवार […]

March 26, 2021

पार्कीलाई खेल सामग्री

काठमाडौं (हाम्रो खेलकुद) – जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथलेटिक्सका गोपिचन्द्र पार्कीलाई नेपाल ओलम्पिक कमिटि (एनओसी) ले शुक्रबार खेल सामग्री प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिकको तयारीमा रहेका म्याराथन धावक पार्कीलाई खेल सामग्री प्रदान गरेको हो । कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पार्कीलाई ट्रेनिङ गर्दा प्रयोग हुने जुत्ता, रनिङ […]

March 20, 2021

सन्तोषी र गोपी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं सागका स्वर्ण पदक विजेताद्वय सन्तोषी श्रेष्ठ र गोपीचन्द्र पार्कीले दोस्रो वीर गणेशमान सिंह १० किलोमिटर रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको प्रतिस्पर्धामा सन्तोषीले ३७ मिनेट ५३.४४ सेकेन्ड र एपिएफका गोपीले ३१ मिनेट ४४.४९ सेकेन्डमा दौड पूरा गर्दै आ आफ्नो विधामा स्वर्ण पदक जितेका हुन् । दुवैले समान ६० […]

March 19, 2021

गौरिका र गोपीचन्द्र उत्कृष्ट, सरस्वती लोकप्रिय

धनगढी (हाम्रो खलकुद)– स्वदेशमा गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको आयोजनामा भएको अवार्डमा गौरिकालाई नोभा अस्पताल बर्ष महिला खेलाडीको अवार्ड प्रदान गरियो […]

Success

Thank you for your time.