February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाले अर्को महिना प्रधान सेनापती खेलकुद म्याराथन तथा रन फर फन आयोजना गर्ने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन फागुन १४ गते आयोजना गरिने सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा पुरुष म्याराथन खेला, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषका लागि १० किलोमिटर तथा […]
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ । १६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् ।बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् । उनले गत वर्ष स्वर्ण जितेका थिए । गत वर्षको भन्दा राम्रो समय निकालेपनि उनी भारतीय खेलाडीसँग पछि […]
January 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माघको तेस्र्रो साता काठमाडौंमा १० किलोमिटरको केटिएम रन आयोजना हुने भएको छ । आयोजक शेर्पा आउटडोरको केटिएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौड १५ माघमा हुने जानकारी गराएको हो । केटीएम रनको पुरुष र महिलातर्फको विजेताले ट्रफीसहित समान १ लाख रुपैया प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक […]
January 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ । मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई […]
January 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै छैटौं संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड ८ माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए । ‘जे गरौं गज्जबले […]
December 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन् ।नेपाल भेटनरी एसोसिएनको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ च्याम्पियन बनेका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दुरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै […]
December 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनले भोलि (शनिबार) काठमाडौंमा आयोजना हुने रन फर प्रोटिन हाफ म्याराथनको तयारी पूरा भएको जनाएको छ । आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने म्याराथनको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला-पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) […]
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्मको दौड यात्रा पूरा गरेका छन् । गोदामचौरमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर २० गतेदेखि दौड्न सुरु गरेका कार्कीले जनकपुरको रामजानकी मन्दिरसम्मको २ सय २५ किलोमिटर दूरी तीन लगाएर पूरा गरेका हुन् । उनले पहिलो दिनको […]