March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड जाने भएका छन् । १२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा […]
March 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन र महिलामा सिन्धुपाल्चोककी नितु तामाङ पहिलो भएका छन् । धर्मले निर्धारित दुरी ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । नितुले ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् । पुरुष १ हजार […]
March 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेन्य खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता […]
February 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १० किलोमिटर केटीएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् । पुरुषतर्फ केन्याली धावक सिमोन र महिलातर्फ भण्डारी विजेता बन्न सफल रहे । शनिबार काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दुरी ३० मिनेट ५५ दशमलव ५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २० दशमलव […]
February 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेसिस मावि, भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर, काठमाडौंकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा शनिबार पहिलो भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका […]
February 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता शनिबार हुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा राखेपले दौड आयोजना गर्न लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकिय अधिकृत मिनकुमार शर्माले जनाएका छन् । छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट […]
February 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाले अर्को महिना प्रधान सेनापती खेलकुद म्याराथन तथा रन फर फन आयोजना गर्ने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन फागुन १४ गते आयोजना गरिने सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा पुरुष म्याराथन खेला, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषका लागि १० किलोमिटर तथा […]
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ । १६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।