July 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली धावक कृष्ण बहादुर बस्नेतले विश्व एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ । नेपाली सेनाका कृष्ण बहादुर बस्नेतले गत फागुनमा भएको प्रधानसेनापति खुला म्याराथनको उपाधि जितेका थिए । उनले निर्धारित दुरी २ […]
July 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ पहिलो भइन् । […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो भएका छन् । देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् । देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोश्रो तथा बुलाल महर्जन तेश्रो भए । […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका शिवराज पार्की र अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारु ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । आइबार सम्पन्न भएको प्रतियोगितामा शिवराजले ३ स्वर्ण र १ रजत जित्न सफल भएका थिए । उनले १ सय मिटर, २ सय मिटर र ४ वाई १ सय […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ, आर्मीका मुकेश पाल, आर्मीकै सोम बहादुर कुमाल र एपिएफकी रमिता कुमारी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा शुक्रबार भएको स्पर्धामा सन्तोषी र मुकेशले १५ सय मिटरमा तथा सोम बहादुर र रमिता ४ सय मिटर दौडमा पहिलो भएका हुन् । महिलातर्फ […]
June 18, 2022
सुर्खेत (हाम्रो खेलकुद) – प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुने भएको छ । शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन्। ‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ […]
June 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]
May 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेश्रो भए । चन्द्रमाले महिला १ सय मिटर दौडमा शीर्ष […]
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीर्थबहादुर तामाङ र पुर्णिमाया राईले १७औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन मे २९ को अवसरमा प्रत्येक वर्ष आयोजना हुने विश्वकै सर्वाधिक उचाईको म्याराथनमा तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डको टाइमिङका साथ उपाधिमा कव्जा जमाएका […]