default_image

एथलेटिक्स

October 15, 2022

फुलमतीलाई महिला १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १५ सय मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै उपाधि जितेकी हुन् । फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरे । सरस्वतीले ४ मिनेट ४१.०० सेकेन्डमा दुरी […]

October 15, 2022

१० हजार मिटरमा सन्तोषीलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले निर्धारित दुरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गरिन् […]

October 15, 2022

निशाले हिटमै तोडिन् २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखरा रंगशालास्थित ट्रयाकमा शनिबार विहान भएको १ सय मिटर दौडको पहिलो हिटमै निशाले कीर्तिमान कायम गरेकी हुन् । उनले १२.१५ सेकेन्डमा दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि देवी […]

September 25, 2022

धर्मले लन्डन म्याराथन दौडने

काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे […]

September 25, 2022

किप्चोगेले तोडे आफ्नै कीर्तिमान

एजेन्सी – केन्याली धावक एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा […]

September 24, 2022

नागेश्वर र राममायालाई प्लस टू रनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका नागेश्वर अहिर र जुम्लाकी राममाया बुढाले प्लस टु फाइभ के रनको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दुरी १५ मिनेट १५.१ सकेन्डमा पूरा गरे । पुलिसकै सन्तोष नाथ […]

September 21, 2022

‘उज्ज्वल तारा दौड’ विजेतालाई पोखरा टुर प्याकेज

काठमाडौं (हाम्रो खेलकुद) – उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीलाई यसपाली नगदसँगै पोखरामा सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ । हरेक वर्ष दशैंको घटस्थापना अघिको शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ ५ किलोमटिर दौड कागेश्वरी मनोहरा नगरपालिका […]

September 19, 2022

अजित र राजपुरालाई रोड रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् । ५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन […]

September 17, 2022

अल्ट्रा धाविका सुनमाया नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालले शनिबार नगदसहित सम्मानित गरेका छन् । प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगिता दौरान फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार […]

September 17, 2022

बैकुण्ठ मानन्धर दौडमा विश्व र अन्जु पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा पहिलो भएका छन् । विश्व छात्र र अन्जु छात्रामा पहिलो भएका हुन् । शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा शनिबार भएको दौडमा विश्वले १७ मिनेट […]

Success

Thank you for your time.