October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी वृन्द्रा धनके श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला म्याराथनमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार वृन्द्राले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अनिष थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष म्याराथनमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा आर्मीका धावक कृष्ण बस्नेतलाई पछि पार्दै अनिषले स्वर्ण जित्न सफल भएका हुन् ।उनले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे । आर्मीका कृष्णाले २ घन्टा २३ मिनेट […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । उनले सन् २०१९ मा […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मीका क्लबका सोम बहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै पुरुष ४ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ४ सय मिटर स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सोमले […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – एथलेटिक्स अन्तरगत डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्णपदक जितेका छन् । इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् । वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा दोस्रो स्वर्णपदक जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको महिला १ सय मिटर हडल्समा स्वर्ण जित्दै उनले नवौंमा आफ्नो स्वर्ण संख्या २ पुर्याएकी हुन् । यसअघि उनले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । जयरानीले […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिन्जाली मगर र सुर्य बहादुर खत्रीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत हाइजम्पमा स्वर्ण जितेका छन् । खगिताले महिलातर्फ तथा सुर्यले पुरुषतर्फ स्वर्ण जितेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा आइतबार भएको स्पर्धामा सुर्यले १.९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले १.७५ मिटर जम्प गर्दै रजत […]
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक दीपक अधिकारीले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित ट्याकमा आइतबार भएको स्पर्धाले दीपकले यसअघि एपिएफका धावक गोपीचन्द्र पार्कीले राखेको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन् । उनले निर्धारित दुरी ३० […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र त्रिभुवन आर्मी क्लबका तिलक विकले स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितिन् । लुम्विनी प्रदेशकी संगिता अधिकारीले १०.८३ मिटर दुरी थ्रो गर्दै रजत जितिन् । पुलिसकी बसन्ती चौधरीले ९.८६ […]