December 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता हुने आठौं धारा नेपालगन्ज म्याराथनको अफिसियल बैंकिङ पार्टनरका रुपमा सिद्धार्थ बैंक आबद्ध भएको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुल नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेको बताइएको छ । नेपालगन्ज म्याराथन शनिबार आयोजना हुँदैछ । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र नेपालगन्ज म्याराथनको आयोजक […]
December 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गरेका थिए । जम्मा २ सय २५ किलोमिटरको दूरी तय गर्न ३ दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाएका छन् । कार्कीले […]
October 23, 2022
विजय नेपाली, पोखरा गण्डकी प्रदेश राजधानी पोखरामा खेलकुदको महामेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न भयो । विभिन्न बाधा अवरोध र उतार चढावका बीच राष्ट्रिय खेलकुद सम्पन्न भयो । प्रतियोगितामा केहि नयाँ प्रतिभासँगै कीर्तिमान पनि बने । प्रतियोगिता अवधिभर एथलेटिक्सकी युवा खेलाडी जयरानी थारु राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदकको कारण चर्चाको शिखरमा रहिन् । बर्दिया मधुवन […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– वैदेशिक रोजगारीमा रहेकी कीर्तिमानी खेलाडी केशरी चौधरीको मन यतिबेला गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सले तानेको छ । चार वटा कीर्तिमान (हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प र एक सय मिटर हडल्स) आफ्नो नाममा रहँदैमा झन्डै पाँच वर्ष संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी केशरीको एउटा कीर्तिमान यसपटक तोडिएको छ । केशरीको […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]
October 19, 2022
खरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नवौं राष्ट्रिय खेलकुदको ८ सय मिटरमा स्वर्ण पदक जितेका छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल पुलिस क्लबका तेजबहादुर कार्की रजत र आर्मीका सुनिल सुनारले कास्य पदक […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– बागमतीकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी धाविका पुष्पा भण्डारी नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते भएकी छन् । एथलेटिक्सअन्तर्गत मंगलबार महिला म्याराथनमा दौडिरहेको समयमा खुट्टामा चोट लागेर घाइते भएकी हुन् । म्यराथनको करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । झन्डै २० कीलोमिटर पार गर्दै थिँए,खुट्टा दुख्यो,’ नवौं महिला १० किलोमिटरमा […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् । उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ […]