default_image

एथलेटिक्स

March 25, 2023

राजपुरा र मुकेशलाई गणेशमान सिंह १० के उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी राजपुरा पछाई महिला र त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुषतर्फ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको दौडमा राष्ट्रिय कीर्तिमानसहित राजपुराले उपाधि जितेकी हुन् । उनले ३६ मिनेट ४३.२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी थिइन् । […]

March 22, 2023

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

March 19, 2023

सुमन र अनिताले जिते शैलुङ अल्ट्रा म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुलुङ र अनिता राईले शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । सुमन पुरुषतर्फ तथा अनिता महिलामा च्याम्पियन बनेका हुन् । ५५ किलोमिटरको दुरी ५ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पुरा गर्दै पुरुषतर्फ कुलुङले उपाधि जित्न सफल भएका हुन् । ५ घन्टा २९ मिनेट ४० सेकेन्डमा दुरी पार गर्दै बेद […]

March 18, 2023

मुकेश र राजपुरा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा पहिलो भएका छन् । खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन् । रन क्लब नेपालद्वारा आयोजित शनिबार भएकाे दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे । आर्मीकै सञ्जय श्रेष्ठ […]

March 17, 2023

एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु दुर्घटनामा परि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– एसियन क्रस कन्ट्रीकी पदक विजेता खेलाडी अन्जु खड्का सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् । बौद्ध जोरपाटीमा बिहीबार साँझ ७ः०० बजे मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अन्जुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको बताइएको छ । बिहीबार नै उनको टाउकोको शल्यक्रिया गरिएको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको एथलेटिक्स परिवारका […]

March 8, 2023

अभि र रिकमलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् । अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरी नगरपालिकाका हस्त […]

March 7, 2023

रघुराज वन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतकोलाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ । मञ्चले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा वन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे । नेपाली खेलकुदमा रघुराज वन्त ऐतिहासिक पात्र हुन् । […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले २ स्वर्णसहित जित्यो ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १६ औं एसियाली क्रस कन्ट्रीमा २ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै ए‍ेतिहासिक प्रदर्शन गरेको छ । नेपाल एथ्लेटिक्स संघको आयोजनामा गोकर्ण गल्फ रिसोर्टमा भएको प्रतियोगितामा मंगलबार नेपालले पुरुष सिनियरको व्यक्तिगत र टिम दुवैमा स्वर्ण पदक जितेको छ । सिनियर पुरुषमा नेपालले कास्य पदक पनि जितेको छ । त्यस्तै […]

March 7, 2023

एसियन क्रस कन्ट्री -राजपुरालाई रजत

काठमाडौं (हाम्रो खेलकुद)- १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा नेपालले सिनियर महिलामा पनि २ रजत पदक जितेको छ । यसअघि नेपालले जुनियर महिलामा २ रजत र जुनियर पुरुषमा १ कास्य पदक जितेको थियो । सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितेकी छिन् । त्यसको टिम इभेन्टमा पनि नेपालले रजत पदक […]

March 7, 2023

एसियन क्रस कन्ट्री – नेपालले जुनियर पुरुष टिममा कास्य जित्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले एसियन क्रस कन्ट्री च्याम्पियनसिपको जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा कास्य पदक जितेको छ । भारतले स्वर्ण र इरानले रजत पदक जितेको त्यो इभेन्ट्मा नेपालले कास्य पदक जितेको हो । शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेको […]

Success

Thank you for your time.