February 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । रेस डाइरेक्टर सुशिलनरसिंह राणाले प्रतियोगितामा ४–५ सय खेलाडीको सहभागिता रहने […]
January 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुुलुङ राई र हुमी बुढामगर पाँचौ झिल्टुङ क्रस कन्ट्री दौडमा च्याम्पियन बनेका छन् । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा शनिबार भएको दौडमा राईले निर्धारित १३.४ किमि दुरी ५४ मिनेट ५५.०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८.५० सेकेन्डमा दुरी पुरा गर्दा भने […]
January 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा भएको बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली बुधबार स्वदेश फर्किएको छ । जनवरी १० तारिखमा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलामा पुष्पा भण्डारीले निर्धारित दुरी २ घन्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल […]
January 11, 2021
पोखरा (हाम्रो खेलकुद) – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिवार हुने भएको छ । मञ्चले सोमवार पत्रकार सम्मेलन गर्दै यसवर्षदेखि म्याराथनसँगै महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समावेश गरिएको जानकारी गराए । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको […]
January 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । जनवरी १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा किरणसिंह बोगटी र महिलामा पुष्पा भण्डारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता […]
December 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटमा आयोजना हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौ संस्करणको च्याम्पियनसिप १० माघमा हुने दौडको संयोजक तथा पूर्व धावक मोहन नेपालले जानकारी गराए । ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
November 21, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोली एपीएफकी पुष्पा भण्डारीले छैटौं धारा नेपालगन्ज म्याराथनतर्फ महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । १३ औं सागमा रजत पदक विजेता पुष्पाले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । दोस्रो स्थान कर्णाली प्रदेशकी […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई […]