default_image

एथ्लेटिक्स

August 8, 2021

स्वर्ण विजेता निरजलाई करोडौंको पुरस्कार

एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]

August 8, 2021

किपचोगेलाई ओलम्पिक म्याराथनमा स्वर्ण

एजेन्सी – विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ […]

August 7, 2021

निरजले दिलाए भारतलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज चोपराले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]

July 31, 2021

जुनियर च्याम्पियनसिप- अजितको कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियन अजित कुमार यादवले भारतको पञ्जाबमा भएको १९औं यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) मा कमजोर प्रदर्शन गरेका छन् । वार हिरो स्टेडियम सांगरर पञ्जाबमा शनिबार भएको पुरुष १५ सय मिटर दौडमा उनी १४ जनामध्ये १२औं स्थानमा रहे । दुई जनाले दौड पूरा गर्न सकेनन् । […]

July 30, 2021

सरस्वतीको सामान्य प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । सरस्वतीले हिट २ मा कुद्दै निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌। आफ्नो हिटमा रहेका ९ मध्य आठौं स्थानमा उनी रहिन् । सरस्वतीको सहभागिता हिट चरणमा नै सिमित रह्यो । उनले यस स्पर्धामा राखेको व्यक्तिगत […]

July 26, 2021

अजितले वल्ड च्याम्पियनसिप र फेडेरेसन कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ एथलेटिक्स च्याम्पियनसिप अजित कुमार यादवले झन्डै चार साताको अन्तरमा दुई जुनियर च्याम्पियनसिप खेल्ने भएका छन् । अजितले ३१ जुलाईदेखि २ अगस्टसम्म भारतको पञ्जावमा हुने यु–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) र १७ देखि २२ अगस्टसम्मा केन्याको नौरबीमा हुने यु–२० जुनियर एथलेटिक्स वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको नेपाल […]

July 26, 2021

सागका पदक विजेतालाई एथलेटिक्स संघको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गरेका हुन् । सागमा नेपालले ३ स्वर्ण, […]

July 26, 2021

खेलाडीलाई रंगशाला प्रवेशमै रोक

काठमाडौं (हाम्रो खेलकुद) – तीन वर्षअघि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित कुमार यादवले यसै साता भारतको पन्जाव हुने यु–२० फेडेरेसन कपमा प्रतिस्पर्धा गर्दैछन् । तर खेल्ने मिति नजिकिदै गर्दा पनि उनले राम्रोसँगै प्रशिक्षणको अवसर नै पाएका छैनन् । देशमा भएको एकमात्र ट्रयाकसहितको सुविधासम्पन्न रंगशालामा राष्ट्रिय खेलाडीलाई नै प्रवेशमा रोक लगाइएको छ । विश्व […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 18, 2021

टोकियो ओलम्पिक – एथलेटिक्स प्रशिक्षक मल्लको सट्टामा श्रेष्ठ जाने

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]

Success

Thank you for your time.