default_image

एथ्लेटिक्स

October 19, 2022

आर्मी र एपिएफलाई रिलेमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदको १ सय मिटर रिलेको महिलामा त्रिभुवन आर्मी क्लब र पुरुष तर्फ एपिएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको ट्रयाकमा बुधबार भएको प्रतिस्पर्धा आर्मीको टोलीले ४९.६० सेकेन्डमा रिले पूरा गर्दै स्वर्ण जितेको थियो । आर्मीको टोलीमा रमिता गुरुङ , सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा रहेका छन् […]

October 19, 2022

चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

October 19, 2022

आर्मीका सोमलाई नवौंमा अर्को स्वर्ण

खरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले नवौं राष्ट्रिय खेलकुदको ८ सय मिटरमा स्वर्ण पदक जितेका छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा बुधबार १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नेपाल पुलिस क्लबका तेजबहादुर कार्की रजत र आर्मीका सुनिल सुनारले कास्य पदक […]

October 19, 2022

सागकी स्वर्णधारी सन्तोषीले नवौंमा अर्को स्वर्ण जितिन्

पोखरा (हाम्रो खेलकुद)– बागमतीकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । नवौंमा यो उनको दोस्रो स्वर्ण पदक हो । पोखरा रंगशालाको ट्रयाकमा १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी छिन् । राष्ट्रिय कीर्तिमानको लक्ष्यका साथ दौड सुरु गरेपनि सोचे जस्तो हुन नसकेको सन्तोषले बताइन् । […]

October 18, 2022

एपिएफकी धाविका पुष्पा घाइते

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी धाविका पुष्पा भण्डारी नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते भएकी छन् । एथलेटिक्सअन्तर्गत मंगलबार महिला म्याराथनमा दौडिरहेको समयमा खुट्टामा चोट लागेर घाइते भएकी हुन् । म्यराथनको करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । झन्डै २० कीलोमिटर पार गर्दै थिँए,खुट्टा दुख्यो,’ नवौं महिला १० किलोमिटरमा […]

October 18, 2022

जयरानीलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् । उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ […]

October 18, 2022

नवौं राष्ट्रिय खेलकुद – महिला म्याराथनमा वृन्द्रालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी वृन्द्रा धनके श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला म्याराथनमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार वृन्द्राले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । […]

October 18, 2022

गण्डकीका अनिषलाई म्याराथनमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अनिष थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष म्याराथनमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा आर्मीका धावक कृष्ण बस्नेतलाई पछि पार्दै अनिषले स्वर्ण जित्न सफल भएका हुन् ।उनले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे । आर्मीका कृष्णाले २ घन्टा २३ मिनेट […]

October 18, 2022

एपिएफकी रमितालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । उनले सन् २०१९ मा […]

October 18, 2022

३२ वर्ष पूरानो कीर्तिमान तोड्दै सोमलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मीका क्लबका सोम बहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै पुरुष ४ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ४ सय मिटर स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सोमले […]

Success

Thank you for your time.