default_image

एथ्लेटिक्स

February 21, 2023

नेपालगन्ज म्याराथनको ‘नेपाल रनिङ’ विमोचन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ मंगलबार विमोचन गरिएको छ । नेपाल सरकार र तत्कालिन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको बिस्तृत शान्ती सम्झौताको स्मरणमा शान्ति, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज म्याराथनले यो वर्ष आठौं संस्करण पूरा गरिसकेको छ । म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड […]

February 20, 2023

सन्तोषी प्रशिक्षणका लागि इथोपिया पुग्दै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ सोमबार (आज) इथोपिया पुग्दैछिन् । ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रबृति एक महिना भन्दा लामो प्रशिक्षणका लागि सन्तोषी आइतबार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् । एनआरएनए स्पोर्टस फाउन्डेसनले उनलाई छात्रबृति दिलाउनका लागि पहल गरेको थियो । उनको प्रशिक्षणमा इयर्ली ट्रष्टको आर्थिक सहयोग रहेको […]

February 19, 2023

मन्जु र सुमनलाई स्तुपा टु स्टुपा रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं संस्करणको स्तुपा तु स्तुपा रेसको ५४ किलोमिटरको महिलातर्फ नेपालकी मन्जु राउत र पुरुषतर्फ सुमन कुलुङ राई विजयी भएका छन् । मिरा राई इनिसिएटिभको आयोजनामा शनिबार भएको स्तुपा टु स्तुपाको २१ किलोमिटर महिलातर्फ नेपाली राज्य लक्ष्मी रावल र पुरुषतर्फ गोपाल तामाङ विजयी भएका छन् । ५४ किलोमिटर महिलाकी विजेता मन्जुले ६ घन्टा […]

February 19, 2023

एसियन क्रस कन्ट्री – २२ वर्षपछि नेपालमा आयोजना हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – एसियन एथलेटिक्स एसोसिएसनको तत्वाधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप यसै महिना नेपालमा आयोजना हुने भएको छ । एथलेटिक्स संघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागुन २३ गते गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप २२ वर्षपछि नेपालमा आयोजना हुन लागेको […]

February 18, 2023

केन्याका कोस्गेइलाई पोखरा म्याराथनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – केन्याका स्टेफेन कोस्गेइले लगातार दोस्रो पटक पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् । पोखरा रंगशालामा उनले दुई घण्टा २० मिनेट ०७ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो भएका हुन् । म्याराथनकाे साविक विजेता समेत रहेका उनले उनले ५ लाख रुपैयाँ प्राप्त गरे । दोस्रो स्थानमा पनि केन्याका जुलियस मुराैकी रहे । उनले […]

February 16, 2023

स्तुपा टु स्तुपा रेस शनिबार हुने

काठमाडौं (हाम्रो खेलकुद)– मिरा राई इनिसिएटिभसको आयोजनामा शनिबार पाँचौ स्तुपा टु स्टुपा ट्रेल रेस हुने भएको छ । स्पुता टु स्तुपा रेसमा महिला र पुरुष ५४ किलोमिटर र २१ किलोमिटर अलग अलग दौड समावेश गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेस स्वयम्भुबाट सुरु भएर जामाचो, नागि गुम्बा, कपन हुँदै बौद्ध पुगेर टुंगिनेछ । […]

February 15, 2023

मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान पोखराको संयुक्त आयोजनामा तेस्रो संस्करणको मञ्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन तेस्रो साता हुने भएको छ । आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस फागुन २०, २१ र २२ गते हुने जानकारी गराएको छ । ६ विधा […]

February 6, 2023

तेज र निशा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेन एथलेटिक्स मिटमा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सोमबार सम्पन्न प्रतियोगिताको ५ हजार मिटर पुरुष दौडमा एपीएफका सन्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ०३ […]

February 5, 2023

सलिमलाई कीर्तिमानसहित स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका सलिम देवानले पुरुष लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको स्पर्धामा उनले ७ मिटर ०९ सेन्टीमिटर दूरी तय गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सलिमले नवौं राष्ट्रिय खेलकुदमा ७ मिटर ०६ सेन्टीमिटर दूरी तय गर्दै २३ वर्ष पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय […]

February 4, 2023

एथलेटिक्स मिटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार नेपालले माघ २२ र २३ गते आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिटको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाल एथलेटिक्स संघको सहकार्यमा सञ्चालनहुने यस प्रतियोगितामामहिला र पुरुषमाविभिन्न २७ वटा ट्रयाक र फिल्ड इभेन्टमा ३ सय खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्रतियोगितामा ७ प्रदेश र विभागीय टिमका खेलाडी सहभागी […]

Success

Thank you for your time.