September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली टोलीको पटक पटकको प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका […]
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]
September 15, 2024
पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।त्यस्तै गण्डकी प्रदेशको […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् । […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्। पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन्। तर यो अवार्ड उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन्। २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जितेका छन्। १६ वर्षका युवा जुझारु खेलाडी हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। नेपाली भारोत्तोलनले एसियन स्तरमा ३८ वर्षपछि एसियन स्तरमा जितेको यो पहिलो कास्य हो। ७३ केजी तौल समूहमा स्न्याचतर्फ ९७ र क्लिन […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत टिम अफ दी इयरको अवार्ड नेपाली राष्ट्रिय महिला कबड्डी टिमले जितेको छ। चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा राष्ट्रिय महिला कबड्डी टिमले ऐतिहासिक कास्य पदक जितेको थियो। नेपालको दशक लामो एसियाली खेलकुदको सहभागीतामा नेपालले टिमतर्फ जितेको यो पहिलो पदक थियो। यसअर्थ यो कास्य ऐतिहासिक बनेको हो। अवार्डमा […]