default_image

एसोसिएसन

August 9, 2021

श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागकी कार्यालय सहयोगी मैया श्रेष्ठको आइतबार निधन भएको छ । श्रेष्ठको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण ५४ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठलाई करिब २ हप्ताअघि कोरोना भाइरस पोजेटिभ देखिएपछि एपीएफ अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा […]

August 4, 2021

पारालिम्पिक टोलीलाई केल्मीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले पारालिम्पिक गेम्समा भाग लिने नेपाली टोलीलाई प्रायोजन गरेको छ । जापानको टोकियोमा २४ अगष्ट २०२१ देखि ५ सेप्टेम्बर २०२१ मा हुने पारालिम्पिक गेम्समा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के ४४ अन्तर्गत ५८ केजी मुनी प्रतिस्पर्धा गर्नेछिन् । उनले प्याराल्याम्पिक्सका लागि वाइल्ड कार्ड प्राप्त […]

July 28, 2021

राष्ट्रिय कीर्तिमान बनाएपछि खुसी गौरिका

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकका दौरान लङ कोर्स (५० मिटरको पौडी पोखरी) मा १ सय मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान बनाउन सकेकोमा बुधबार गौरिका सिंहले खुसी व्यक्त गरेकी छिन् । डेढ वर्ष अघि स्वदेशमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) ४ स्वर्णसहित ९ पदक जित्दै कीर्तिमान बनाएकी गौरिकाले टोकियो ओलम्पिकको १ सय मिटर फ्रिस्टाइल हिट १ […]

July 27, 2021

ओलम्पिकमा एथलेटिक्स टोली अन्ततः व्यवस्थापक विहिन

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकको सहभागितामा यसपटक सबैभन्दा बढी विवाद र चर्चामा एथलेटिक्स खेल रह्यो । सुरुमा खेलाडी र पछि प्रशिक्षकको सहभागिताका कारण चर्चामा रह्यो । एक समय दुई व्यवस्थापक पाएको एथलेटिक्स टोली अन्ततः टोकियो ओलम्पिकमा व्यवस्थापक विहिन बनेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्नै सह महासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् […]

July 26, 2021

सागका पदक विजेतालाई एथलेटिक्स संघको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नेपाल एथलेटिक्स संघले नगदसहित सम्मानित गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सागमा स्वर्ण पदक विजेता खेलाडीलाई व्यक्तिगत रुपमा १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे बमोजिम खेलाडीलाई पुरस्कृत गरेका हुन् । सागमा नेपालले ३ स्वर्ण, […]

July 24, 2021

ओलम्पिक : सरस्वती र प्रशिक्षक श्रेष्ठ टोकियो जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा […]

July 23, 2021

टोकियो ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 20, 2021

‘ओलम्पिकमा भाग लिन नपाउँदा कराते परिवार निराश’

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो पटक ओलम्पिकमा कराते समावेश हुँदा नेपाली खेलाडीले त्यसमा भाग लिन नपाउँदा निराशा हुनु स्वभाविक भएपनि आउने प्रतियोगिताका लागि तयार रहनुपर्ने प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् । कराते पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । सोही ओलम्पिकलाई लक्षित गर्दै २ खेलाडीलाई आन्तरिक तयारीमा राखिएको पनि थियो । तर, कोरोना महामारी र […]

July 19, 2021

ओलम्पिक : अन्यायमा परेको प्रशिक्षक मल्लको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)– धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिक जाने तयारीमा रहेकी इन्द्राकुमारी मल्लको शनिबारको कोरोना रिपोर्ट पोजेटिभ आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्तीमार्फत जानकारी दिएको थियो । सोही विज्ञप्तीमा मल्लको ठाँउमा पहिला नै प्रारम्भिक सूचीमा (लङ लिष्ट) रहेका सन्तोष श्रेष्ठलाई सरस्वतीको प्रशिक्षकका रुपमा पठाउने निर्णय भएको पनि उल्लेख गरिएको थियो । […]

Success

Thank you for your time.