February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]
February 2, 2022
काठमाडौ (हाम्रा खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता छिटो हटाउन माग गर्दै बिहीबार शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेका छन् । एनएनआइपिए, ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बुधबार […]
January 30, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वका लागि वैकल्पिक व्यवस्था गर्न नेपाल ओलम्पिक संघले माग गरेको छ । राखेपको नेतृत्व नहुँदा खेलकुदमा असर परेको उल्लेख गर्दै संघले सर्वोच्च अदालतबाट अन्तिम निर्णय नहुँदा सम्म अर्को व्यवस्था गर्न माग गरेको हो । राखेप सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तीको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई समयमा […]
January 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) यतिबेला नेतृत्वविहीन नै छ । सरकार परिवर्तनसँगै तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्ती गर्दै टंकलाल घिसिङलाई सो पदमा नियुक्त गरियो । तर, सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेपछि पछिल्लो दुई महिनायता नेपाली खेलकुद ठप्प जस्तै बनेको छ । यसैपनि कोरोना भाइरस (कोभिड–१९) को महामारीले […]
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सर्वोच्च अदालतले पछिल्लो आदेशले नेपाली खेलकुदमा दीर्घकालिन असर परेको बताएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १२ औं साधारण सभाको मंगलबार उद्घाटन गर्दे मन्त्री गहतराजले भने, ‘देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्दछ ।’ सर्वोच्चले मन्त्री परिषद्ले कात्तिक ८ गते […]
December 15, 2021
प्रकाश तिमल्सिना,काठमाडौं मन्त्री परिषद्ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिनुको अर्थ तत्कालिन सदस्य सचिवलाई काममा फर्कन दिनु भन्ने अर्थ लगाउन नमिल्ने बताएको छ । ‘राखेप सदस्य सचिवका विषयमा मन्त्रीपरिषद्ले गरेको पछिल्लो नियुक्ति कार्यान्वय नगर्नु भन्ने अल्पकालिन अन्तरिम आदेश भएको छ ,’ […]
December 15, 2021
प्रकाश तिमल्सिना, काठमाडौं सर्वोच्च अदालतले गत महिना मन्त्री परिषद्बाट बर्खास्त गरिएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई पूर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ । मन्त्रीपरिषद्ले कात्तिक १ गते सिलवाललाई स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सिलवाल सर्वोच्च गएका थिए । न्यायाधिश हरि फुयालको एकल इजलासले बुधबार सिलवाललाई […]
December 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ७ सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम मंसिर २४ गतेको राखेप सदस्य–सचिव स्तरीय निर्णयानुसार कमिटी गठन गरिएको हो । सात सदस्यीय कमिटीको सदस्यमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका निर्देशक […]
December 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– बेजिङ शितकालिन ओलम्पिक छनोटको तयारीका लागि इटाली जान लागेका स्की खेलाडी सफलराम श्रेष्ठलाई केल्मीले किट्स प्रायोजन गरेको छ । सफलरामलाई बिहीबार केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले किट्स हस्तान्तरण गरेका छन् । केल्मी नेपालले यसअघि ओलम्पिक र पारालिम्पिक खेल्ने नेपाली खेलाडीलाई पनि किट्स प्रायोजन गरेको थियो । त्यस्तै केल्मीले राष्ट्रिय भलिबल टोली महिला […]
December 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीले कमिटीका पूर्व महासचिव समेत लामा टेन्डी शेर्पाको निधनको १४औं पुण्य तिथिमा मंगलबार शोक सभा कार्यक्रमको आयोजना गरेको छ । शेर्पाको मंसिर ८ मा निधन भएको थियो । नेपाल बास्केटबल संघका निवर्तमान अध्यक्ष रहेका टेन्डी शेर्पा राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष पनि हुन् । त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, […]