default_image

एसोसिएसन

June 19, 2022

अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा […]

June 17, 2022

ओलम्पियन संघले ओलम्पियन पुनर्मिलनसँगै ५ कार्यक्रम गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन एसोसिएसन (एनओए) ले ओलम्पिक दिवस २०२२ को अवसरमा हालसम्म नेपालबाट ओलम्पिक खेलेका खेलाडीहरुको पुनर्मिलनसँगै ५ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओलम्पिक दिवसको अवसरमा असार ५ गतेदेखि ९ गतेसम्म विविध ५ कार्यक्रम हुने जानकारी गराएको छ । […]

June 15, 2022

राईलाई मातृ शोक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई मातृ शोक परेको छ । राईकी आमा मनसरीको जेठ ३१ गते ७६ वर्षको उमेरमा निधन भएको छ । स्व. राई विगत ६ वर्षदेखि दमको रोगबाट ग्रसित थिइन् । स्व. राईका २ छोरा र ४ छोरी छन् ।

June 13, 2022

स्वस्तिश्रीमा ओलम्पिक डे

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]

June 13, 2022

बक्सिङ टोलीको नेतृत्व गर्दै खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् । भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर […]

June 11, 2022

रंगशालामा प्रि स्कुलको ओलम्पिक दिवस

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो । ओलम्पिक दिवसकै अवसरमा […]

June 9, 2022

पहिलोपटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणमा विभिन्न […]

June 7, 2022

एसियन गेम्सको बन्द प्रशिक्षण शुरु

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियाड) का लागि नेपालले सहभागिता जनाउने भनिएको सबै २३ खेलको बन्द प्रशिक्षण आज (मंगलबार) देखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एसियाडमा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरे । पहिलो चरणको प्रशिक्षण […]

June 5, 2022

एनओसीका अध्यक्ष श्रेष्ठ पर्यटन मन्त्री बन्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टी (एस) को आइतबार बसेको सचिवालयको बैठकले यसअघि सरकारमा रहेका पाँच मन्त्रीलाई फिर्ता बोलाई पाँचै जनाको नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएका छन् । समाजवादीका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) […]

June 3, 2022

सदस्यसचिव घिसिङ र सब्रिनाबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेकी जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरबीच शुक्रबार भेटघाट भएको छ । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा सब्रिनालाई भेटेका हुन् । सब्रिना विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न नेपाल आएकी हुन् । अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल […]

Success

Thank you for your time.