default_image

एसोसिएसन

January 27, 2023

केन्द्रबाट प्रतिनिधि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, केन्द्रीय कार्यमितिको महाधिवेशन तथा निर्वाचनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधि चयन भएका छन् । खुलातर्फ १४ प्रतिनिधि छनोट हुने प्रावधान थियो । २८ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचित मध्ये सरस्वती केसीले सर्वाधिक ८४ मत प्राप्त गरिन् । निर्वाचित हुने अन्यमा रामकृष्ण घिमिरे (८१), विजयन्त […]

January 24, 2023

विश्व च्याम्पियन टेबल टेनिस खेलाडीलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – ओमानको मस्कटमा भएको २०औं विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिव टंकलाल घिसिङले मंगलबार स्वागत गर्दै बधाई प्रदान गरेका छन् । सदस्य सचिव घिसिङले खेलाडीहरुलाई बधाई प्रदान गर्दैै आगामी दिनमा पनि यस्तै उपलब्धी हासिल गर्न शुभकामना प्रदान गरे । […]

January 23, 2023

राखेप कर्मचारी संघको महाधिवेशन नेपालगन्जमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ केन्द्रीय कार्यसमितिको महाधिवेशन तथा निर्वाचन नेपालगन्जमा हुने भएको छ । महाधिवेशन फागुन ४ र ५ गते हुन लागेको संघका अध्यक्ष रञ्जन थापाले जनाएका छन् । महाधिवेशनका लागि जिल्ला कार्य समिति र केन्द्रीय कार्यालय इकाइ समितिको निर्वाचन तथा प्रतिनिधि छनोट यहि माघ ५ देखि १० गते […]

January 23, 2023

विष्टसहित प्रशिक्षक खेलाडीलाई आइजी एपिएफ कमेन्डेसन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ । […]

January 13, 2023

निर्वाचन समितिको संयोजकमा राई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् । उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे । संघको केन्द्रीय महाधिवेश […]

January 10, 2023

एसियाड लक्षित नियमित प्रशिक्षण माघमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित […]

January 9, 2023

सांसद बराललाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत मंसिर ४ मा भएको आम चुनावमार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी प्रकाश बराललाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सोमबार बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । सांसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् । राष्ट्रिय […]

January 5, 2023

नवौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोड गण्डकी प्रदेशमा सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई झापा जिल्ला खेलकुद विकास समितिले बिहीबार नगदसहित सम्मान गरेको छ । मेची रंगशाला भद्रपुरमा भएको कार्यक्रमका बीच पदक पाउने १६ खेलाडीलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी […]

January 4, 2023

नेपाल टि२० लिग प्रकरण – राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो […]

December 27, 2022

ओलम्पियनका सन्तानलाई पूर्ण छात्रबृति दिने लिटिल बुद्ध एकेडेमीको घोषणा

कन्चनपुर (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ३ स्थित लिटिल बुद्ध एकेडेमी सेकेन्डरी स्कुलले नेपाली ओलम्पियनका सन्तानलाई नर्सरीदेखि प्लस टु सम्म अध्ययनका लागि छात्रबृति दिने घोषणा गरेको छ । नेपाल ओम्पियन्स संघको संयोजनमा मंगलबार स्कुल टु ओलम्पिक कार्यक्रम पछि लिटिल बुद्धका प्रिन्सिपल श्याम सिंह मौनीले देशभरका ओलम्पियनका सन्तानलाई नर्सरी देखि प्लस टु […]

Success

Thank you for your time.