default_image

एसोसिएसन

February 4, 2025

एनओसी निर्वाचनमाथि आइओसी र ओसिएको प्रश्न!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले दावी गरेको विधान संसोधन र त्यसपछिको निर्वाचनमाथि अन्तर्राष्ट्रिय ओलम्पिक परिषद (आइओसी) र ओलम्पिक काउन्सिल एसिया (ओसिए) संयुक्त रुपमा सन्देह व्यक्त गरेका छन् । एनओसीको विशेष साधारण सभा र गत महिना सम्पन्न भएको निर्वाचनका विषयमा कानुनी प्रश्न उठेकाले त्यसको अन्तिम किनारा नलागेसम्म आइओसी र ओसिएले नयाँ कार्यसमितिलाई […]

January 31, 2025

पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद ) – बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली शुक्रवार स्वदेश फर्किएको छ। माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, २ रजत र ३ कांस्य पदक जितेको थियो । पुरुषमा शैलेश श्रेष्ठ, पुकारजंग बस्नेत, मनिष लम्साल र सन्तबहादुर दराईं तथा महिलामा निशा घर्ती […]

January 31, 2025

सरकारी हस्तक्षेप भएको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद )- सातदोबाटोस्थित आफ्नो कार्यकाल भवनमा प्रहरी तैनाथ गरेर सरकारी हस्तक्षेप गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी )ले आरोप लगाएको छ। एनओसीले शुक्रवार विज्ञप्ति जारी गर्दै सरकारी हस्तक्षेपका‌ कारण आजका लागि तय भएको राष्ट्रिय खेलकुद संघहरुसँग छलफल हुन नसकेको जनाएको छ। ‘ पाकिस्तानमा हुने १४ औं दक्षिण एसियाली खेलकुद (साग) बारे वैठकमा छलफल हुने […]

January 31, 2025

एनओसी कार्यालय प्रवेशमा रोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएको छ। प्रहरीले प्रवेशमा रोक लगाएको एनओसीका कार्यकारी सचिव सुजन लाल श्रेष्ठले‌ बताए । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि प्रहरी बृत सातदोबाटो खटिएको प्रहरीबाट जानकारी प्राप्त भएको पनि श्रेष्ठले बताए । एनओसीले आज २ बजेका लागि राष्ट्रिय खेलकुद संघको […]

January 21, 2025

खो खो विश्व कप – रजत पदक विजेता दुवै टोलीको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा सम्पन्न खो खो विश्व कपमा ऐतिहासिक रजत पदक जितेको नेपाली महिला र पुरुष टोली स्वदेश फर्केको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार नेपाली टिमलाई बाजा गाजा सहित भव्य स्वागत गरियो। युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङ, परिषदका सदस्य, […]

January 19, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि दोस्रो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा भएको खो खो विश्व कपमा दोस्रो भएको छ । दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपाल उप विजेता बनेको हो । समूह चरणमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो। नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको […]

January 18, 2025

खो खो विश्व कप – नेपाली पुरुष टोली पनि फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पुरुष टोली पनि भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७- १८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। नेपाल समूह उपविजेता बन्दै क्‍वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा […]

January 18, 2025

नेपाली महिला टोली खो खो विश्व कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला टोली भारतमा जारी खो खो विश्व कपको फाइनलमा पुगेको छ। युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा‌ पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो। नेपाली टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका […]

January 18, 2025

कमला र मनिषाको जोडी राष्ट्रिय बिच भलिबल च्याम्पियन

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका कमला पुन र मनिषाको जोडीले सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आफ्नै क्लबका पुनम चन्द र कामना विष्टको जोडीलाई शनिवार २-० को सेटमा हराउँदै कमला र मनिषाको जोडी च्याम्पियन बनेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा कमला र मनिषाको जोडी २१-१९, २१-१० […]

January 18, 2025

धरान टेन के रन फागुनमा

धरान (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने धरान टेन के रनको पुरस्कार राशी घोषणा गरिएको छ। धरान रन टिमले आयोजना गर्ने खुला १० किमी दौडको महिला र पुरुष दुवैतर्फ विजेताले समान ६०। हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले ४० र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउनेछन्। धरान टेन के रन १३ औं नेवा च्यारिटी […]

Success

Thank you for your time.