November 23, 2015
काठमाडौं, मंसिर ७ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई फिफको इथिक्स कमिटीले लगाएको प्रतिबन्ध र जरिवाना, म्याच फिक्सिङ प्रकरण, यु– १६ च्याम्पियनसिपमा बढी उमेरका खेलाडी सहभागी गराएको, संघ विधि सम्मत चले/नचलेको, असन्तुष्ट पक्षको निष्कासन, नरेन्द्र श्रेष्ठलाई कार्यावाहक अध्यक्ष बनाइएकोलगायतका विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानविन समिति गठन […]
November 22, 2015
काठमाडौं, मंसिर ६ अखिल नेपाल फुटबल संघ (एन्फा) को संस्थापन पक्षले विरोधी समूहसँग मिलेर जाने सम्भावना नरहेको एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिलाई बताएका छन् । नेपाली फुटबल र एन्फाको पछिल्लो अवस्थाका विषयमा अध्ययन गर्न एएफसीले अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेललाई नेपाल पठाएको छ । काठमाडौं आउने वित्तिकै कट्टेलले आइतबार एन्फाको संस्थापनपक्षलाई एन्फा मुख्यालय सातदोबाटोमा […]
November 15, 2015
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव केशव कुमार विष्टको पदस्थापनको बिषयमा यस अघि जारी अन्तरिम आदेशलाई आइतबार निरन्तरता प्रदान गरेको छ । अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्दै सर्वोच्चले सदस्य सचिव केशव कुमार विष्टलाई कार्यवाही गर्न अख्तियार दुरुपयोग निवारण आयोगले दिएको निर्देशन सम्वन्धि सक्कल फाइल अदालतमा पेश गर्न अख्तियारलाई आदेश दिएको छ । माननिय न्यायाधिस […]
November 3, 2015
कार्तिक १७, २०७२- राष्ट्रिय खेलकुद परिषदले म्याच फिक्सिङ र उमेर समुहको जिम्मेवारीलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)संग स्पष्टिकरण माग गरेको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव स्तरीय बैठकले सात दिनभित्र लिखित जवाफ पठाउन एन्फालाई तीन बुँदे स्पष्टिकरण सोधेको छ । राखेपले म्याच फिक्सिङमा स्थापित नै खेलाडी संलग्न भएको अवस्थामा के कसरी यस्तो अवस्था आएको […]
October 26, 2015
काठमाडौं, कार्तिक ९ गते । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिब लामा तेन्डी शेर्पा अल नेशनल ओलम्पिक कमिटिको बैठकको लागि आज अमेरिका जांदै छन । केहि महिना अगि मात्र निर्वाचित भएका श्रेष्ठ र शेर्पाले ईन्टरनेशनल ओलम्पिक कमिटिका सबै देशका अध्यक्ष र महासचिब उपस्तिथ हुने सम्मेलनमा भाग लिन लगेका हुन । ईन्टरनेशनल ओलम्पिक कमिटिमा […]
October 6, 2015
सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुन: कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर्यो । वरिष्ठ उपाध्यक्षमा मित्रकुमार राई, उपाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठ र टैलेन्द्र आचार्य, महासचिवमा रामविनय श्रेष्ठ, उपमहासचिवमा प्रशान्तबहादुर श्रेष्ठ र रामप्रसाद कुावर, कोषाध्यक्षमा राजेश महत तथा सह–कोषाध्यक्षमा […]
October 6, 2015
काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]
October 1, 2015
काठमाडौं, असोज १४ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचित कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको छ । दोस्रो प्रयासमा अघिल्लो महिना एनओसीको निर्वाचन सम्पन्न भएको थियो । अघिल्लो कार्यकालका महासचिव जीवनराम श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित भएको थियो । निवर्तमान अध्यक्ष ध्रुवबहादुर प्रधानले नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठ लगायत १७ सदस्यीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई […]
October 1, 2015
काठमाडौं, असोज १४ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुदका लागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने क्रममा समितिका सदस्य–सचिव समेत रहेका विष्टले सो कुरा बताएका हुन् । सातौं राष्ट्रिय मंसिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा […]
October 1, 2015
युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल राजिनामा बुझाउन प्रधानमन्त्रि सुशील कोइरालालाई भेट्न जाँदै छन | गैरकानुनि रुपमा सदस्य सचिव नियुक्ति गरेको भन्दै अख्तियारले प्रधानमन्त्रि समक्ष कारवाहिको आग्रह गरेको थियो| गत असार महिनामा मन्त्रि पौडेललेे सदस्य सचिवमा केशव कुमार विष्टलाई नियुक्ति दिएको थियो| प्रधानमन्त्रिले हिजै एमालेका अध्यक्ष केपी ओलीलाई मन्त्रिलाई फिर्ता बोलाउन आग्रह दिएका थिए|