December 22, 2015
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान नभएसम्म प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाई स्वतन्त्रपूर्वक नेपाल क्रिकेट संघ (क्यान) को कार्यसञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट चतुरबहादुर चन्दको अध्यक्षतामा निर्वाचित कार्यसमितिले मान्यता नपाएको नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले विधिसम्मत नभए आफूलाई विघटन गर्न चुनौती दिएको छ । प्रमुख कार्यकारी र […]
December 13, 2015
बृहत्त राष्ट्रिय खेलकुद प्रतियोगिता नेपाल ओलम्पिक कमिटीको ब्यानरमुनी रहेर गर्नुपर्ने माग नेपाल ओलम्पिक एकेडेमीले गरेको छ । आइतबार एकेडेमीले आयोजना गरेको खेलकुद र प्रतियोगिता आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रयमा सहभागी खेलकुदका व्यक्तित्वहरुले सो धारणा व्यक्त गरेका हुन् । नेपाल ओलम्पिक एकेडेमीका अध्यक्ष धु्रवबहादुर प्रधानले अहिले राष्ट्रिय प्रतियोगिता राष्ट्रिय ओलम्पिक गेम्सका रुपमा गर्नुपर्ने बताए । ‘सातौं राष्ट्रिय […]
December 11, 2015
विनोदकुमार मैनाली राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको सिफारिसमा मन्त्रीस्तरीय निर्णयानुसार मैनालीलाई सदस्यमा मनोनयन गरिएको हो । राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा २ को खण्ड (ग) बमोजिम मनोनित मैनालीको कार्यकाल ४ वर्षको हुनेछ । मैनाली यसअघि पनि जीवनराम श्रेष्ठ दोश्रो पटक […]
December 8, 2015
काठमाडौं, मंसिर २२ गते । ‘अन्तर्राष्ट्रिय हाइ अल्टिच्युट स्पोर्टस् टेनिङ सेन्टर’ निर्माणार्थ आयोजित अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले सेन्टर निर्माण कार्यलाई परिषद्ले आफ्नै कार्यक्रम मनेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । फ्रेन्डसिप युथ क्लबको संयोजनमा सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिद्वारा चौरीखर्क गाविसको लुक्लामा आयोजित अन्तरक्रियमा सदस्य–सचिव विष्टले सो प्रतिबद्धता व्यक्त […]
December 7, 2015
मङ्शिर २० , काठमाडौं नेपालमा वि.स.२०५२ सालको ओलम्पिक डे का दिनदेखि ओलम्पिक अभियान सुरु गरी दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय “नेपाल ओलम्पिक संग्रहालय”को विकास विस्तारलाई थप उचाईमा पु¥याउन ओलम्पियन नारायण गुरुङलाई संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा मनोनयन गरिएको छ । आज संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफनो खेलजीवनको अनुभवले नेपालको […]
December 3, 2015
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै युवा तथा खेलकुद मन्त्रालय र प्रतियोगितामा सहभागि हुने २३ खेलका राष्ट्रिय संघको पदाधिकारी विच मन्त्रालयमा बिहिबार अन्तरकृया भयो । युवा तथा खेलकुद ्मन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा सागमा पदकको सम्भाब्यता, तयारी, आवश्यकता र कमिकमजोरीको बारेमा छलफल भएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरुले पदकको सम्भावना हुंदा […]
November 29, 2015
राष्ट्रिय टिम तयारी तथा सहभागिता व्यवस्थापन समितिको बैठकले आसन्न १२ औा दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न २३ खेलका खेलाडी छनोट मंसिर मसान्तसम्म सम्पन्न गर्ने आइतबार निर्णय गरेको छ । समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको अध्यक्षतामा विभिन्न २३ खेलका राष्ट्रिय संघका पदाधारीहरुको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय […]
November 29, 2015
काठमाडौं, मंसिर १३ गते । नेपाली खेल क्षेत्रको विकासका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच आइतबार सम्झौता भएको छ । नेपाल ओलाम्पीक कमिटिको भवन सातदोबाटोमा भएको कार्यक्रममा खेल क्षेत्रको विकास गर्न नेपाल ओलाम्पीक कमिटी र गैर आवासिय नेपाली संघ बीच सम्झौता भएको हो । सम्झौतामा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम […]
November 27, 2015
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दाशानायकेलाई आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे । उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए । “उहााले नेपाली क्रिकेटमा गरेको सेवाको […]
November 25, 2015
काठमाडौं, मङशिर ९ गते । नेपाल ओलम्पिक कमिटिले नव निर्वाचित खेलकुद मन्त्री सत्य नारायण मन्डललाई आफ्नै सतदोबाटो स्तिथ भवनमा एक कार्यक्रम गर्दै स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मन्त्रो मन्डलले खेलकुद बिकासको लागि सबै मिलेर जान आग्रह गरे । कार्यक्रममा एनओसिका अध्यक्ष्य जिवन राम श्रेष्ठले देशको अवस्थाका कारण नयाँ खेलडिहरु आउन नसकेको सरकारलाई निरन्तर […]