default_image

एसोसिएसन

December 13, 2016

कमल र राजलक्ष्मी भारोत्तोलनका लागि कतारतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा हुने दुई अन्तर्राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिन भारोत्तोलक दम्पति कमलबहादुर अधिकारी र राजलक्ष्मी थापा मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमलले एसिया कपको पुरुष ८५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली भारोत्तोलनमा स्वर्ण जित्ने एक्लो कमलले ८५ केजीमा प्रतिस्पर्धा गर्न लागेको पहिलो पटक […]

December 9, 2016

सातौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा, दोहोरी पनि प्रदर्शनी खेल

काठमाडौं (हाम्रो खेलकुद) – चौथो पटक घोषणा गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यसपाली भने तोकिएकै मितिमा हुने सम्भावना देखिएको छ । पूर्वाञ्चलमा पछिल्लो पटकका लागि तय भएको पुस ८ देखि १५ गते सम्म हुने सातौं राष्ट्रिय खेलकुदको सबै तयारी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । राष्ट्रिय खेलकुदमा यसपटक […]

December 1, 2016

१३ औं सागको मिति शनिबार तोकिने

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) बैठक शनिबार राजधानीमा हुने भएको छ । भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न […]

November 29, 2016

बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको सदस्यमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण सिंह बोहरा एसियन विश्वविद्यालय खेलकुद महासंघको कार्यकारी सदस्यमा निर्वाचित भएका छन् । चाईनाको जियामेन सहरमा नोभेम्बर २० देखि २२ सम्म आयोजित महासंघको नवौं साधारण सभाबाट उनी सदस्यमा निर्वाचित भएका हुन् । चार सदस्यको लागि भएको निर्वाचनमा १० जनाको उम्मेदवारी परेको थियो । ३२ राष्ट्रका मतदाता […]

November 29, 2016

अस्थायी कर्मचारीको माग सुनुवाई गर्न राखेप बाध्य

काठमाडौं (हाम्रो खेलकुद) – अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले स्थायी हुनुपर्ने मागसहित चरणबद्ध आन्दोलनको कार्यक्रम चलाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) माग सम्बोधनका लागि बाध्य भएको छ ।आन्दोलनको माग सुरु गर्ने क्रममा राखेप सदस्य सचिव केशवकुमार विष्टको संयोजकत्वमा स्थायी पदपूर्ति तथा बढुवासम्बन्धी उच्चस्तरीय समस्या समाधान समिति गठन भएको छ । सात सदस्यीय समितिमा युवा तथा खेलकुद […]

November 25, 2016

अस्थायी कर्मचारीले राखेपविरुद्ध आन्दोलन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी खेलकुद कर्मचारी संघर्ष समितिले राष्ट्रिय खेलकुद परिषद्(राखेप) विरुद्ध चरणबन्द विरोधको कार्यक्रमको घोषणा गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै विरोध कार्यक्रम तालिका सार्वजनिक गरेको हो । विरोधको कार्यक्रमको पहिलो दिन आइतबार र सोमबार अस्थायी तथा करार कर्मचरीले कालो पट्टी बाधेर बिहान १० बजेदेखि १२ बजेसम्म कलम बन्दसहित विरोध प्रदर्शन गर्ने […]

November 21, 2016

सातौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, पुस ८ बाट सुरु हुने

काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो […]

November 20, 2016

खेलाडी सुविधा सुझाव कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि पदक जित्ने खेलाडीलाई सुविधा दिने विषयमा प्रक्रियाअघि बढाउन गठिन खेलाडी सुविधा सुझाव कार्यदलले आइतबार प्रतिवेदन बुझाएको छ । नेपालले सहभागिता जनाउदै आएको औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता र एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई प्रोत्साहन रकम, विमा, स्वास्थ्य र यातायातमा के कस्ता सुविधा उपलब्ध गराउन […]

November 10, 2016

नेपालमा एसियाली युथ र जुनियर भारोत्तोलन आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अर्को बर्ष एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप आयोजना गर्ने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बुधबार भएको एसियाली भारोत्तोलन महासंघको कार्यकारी बैठकले अर्को संस्करण नेपाललाई आयोजना गर्न दिने निर्णय गरेको हो । नेपाल भारोत्तोलन संघले दिएको जानकारी अनुसार च्याम्पियनसिप २०१७ को जुलाई २१ […]

November 6, 2016

साइक्लिङको टेक्निकल सोलिडारिटी कोर्षमा २२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) ओलम्पिक सोलिडारिटी कोर्षअन्तर्गत साइक्लिङ प्रशिक्षकहरुका टेक्निकल कोर्ष सुरु भएको छ । युसिआइका विज्ञ डेविडले कोर्षमा एक सयम सैद्धान्तिक र एक समय व्यवहारिक ज्ञान दिनेछन् । नेपालमा साइक्लिङ खेलको प्रचुर सम्भावना रहेकाले कोर्षले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । कोर्षमा विभिन्न जिल्ला, एपिएफ, आर्मीलगायतका २२ प्रशिक्षकले प्रशिक्षणमा भाग लिएका […]

Success

Thank you for your time.