default_image

एसोसिएसन

August 24, 2024

संयोजक वैद्यसहितको बहिष्कारका बाबजुद टेबलटेनिस संघको चुनाव हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबल टेनिसमा एक पक्षको बहिष्कारका बाबजुद साधारण सभा तथा निर्वाचन हुने भएको छ । टेबल‌ टेनिसको‌ तदर्थ समितिका संयोजक रहेका चतुरानन्द राजवैधसहित निर्वाचन नगराउनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई निवेदन दिएका थिए । राखेपमा बुझाएको पत्रलाई आधार मान्दै एनओसीले आफ्नो प्रतिनिधि नपठाउने जानकारी दिएको […]

August 23, 2024

एरिका सम्मानित, मन्त्रीहरुलाई कराते महासंघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना […]

August 19, 2024

एनपिएलको लोगो र मिति सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो अनावरण भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले महत्वकांक्षाका साथ सुरु गर्न लागेको एनपिएलको नयाँ मिति समेत तय भएको छ । क्यानले सोमवार सेलिब्रेसन अफ क्रिकेट‌ नामक एक कार्यक्रमको आयोजना गर्दै एनपिएलको लोगो अनावरण र मिति घोषणा गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल […]

August 19, 2024

टेबल टेनिस संघको निर्वाचन यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ। लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो। राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना […]

August 17, 2024

कोशीमा १० औं राष्ट्रिय खेलकुदबारे अन्तरक्रिया

हिमाल खरेल, बिर्तामोड कर्णाली प्रदेशमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ । विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईलेकोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुदमा अधिकतम पदक जित्नेगरी तयारीमा लाग्न आग्रह गरे । मन्त्री राईले प्रदेशका खेलकुद […]

August 12, 2024

मन्त्री महर्जनद्वारा निर्माणाधिन गौरिटार रंगशालाको पूर्वाधारको निरीक्षण

मकवानपुर (हाम्रो खेलकुद)- बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । महर्जनले सोमबार विहान मन्त्री रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै […]

August 11, 2024

पेरिस ओलम्पिक्स – सन्तोषी म्याराथनमा ७९औं

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९औं‌ स्थान रहँदै अन्त्य गरेकी छिन्। यो सँगै पेरिस ओलम्पिक्समा नेपालको सबै चुनौती समाप्त भएको छ। सन्तोषीले आइतवार भएको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा कुल ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन्। […]

August 11, 2024

दसौं राष्ट्रिय खेलकुद सुरु हुन ९९ दिन बाँकी!

सुर्खेत (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा यसै वर्ष हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ९९ दिन बाँकी छ। १ सय दिन बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषदले शनिवार काउनडाउन सुरु गरेको छ । दसैं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ गते सुरु‌ हुने नवौंको‌ समापनकै क्रममा पोखरामा घोषणा गरिएको थियो।राष्ट्रिय खेलकुदको उद्घाटन स्थल निर्माणाधिन […]

August 7, 2024

व्यक्तिगत अवार्डमा भारतको वर्चस्व, सालिनी मोस्ट भ्यालुएबल प्लेयर

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको भारतका खेलाडी व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गरेका छन् । भारतले व्यक्तिगत ८ मध्ये ४ विधामा अवार्ड हात पार्यो।प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर भारतकी सालिनी सर्भानन बनिन्। उपाधि विजेता भारतको यात्रामा सालिनीको योगदान महत्वपुर्ण रहेको थियो। उनले बेस्ट आउटसाइड हिटर २ को अवार्ड पनि जितिन्। उनी […]

August 7, 2024

राखेप उपाध्यक्षको कार्यकाल पूरा गर्दै कोइराला बिदा भए‌

काठमाडौं (हाम्रो खेलकुद)- खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन […]

Success

Thank you for your time.