default_image

एसोसिएसन

April 6, 2018

खेलकुद मन्त्रालयको सय दिनका प्राथमिकता सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना राष्ट्रको प्रतिष्ठासँग जोडिएकोले भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइने बताएका छन् । सरकार गठनको एक सय दिनका युवा तथा खेलकुद मन्त्रालयले पुरा गर्ने कामको फेहरिस्त प्रस्तुत गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले भने ‘अहिले खेलकुदको सबैभन्दा गम्भिर र […]

April 6, 2018

सागका ५ खेल पोखरामा गर्न प्रस्ताव, बाँकी काठमाडौमा

काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश पाँच खेल पोखरामा गर्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डी शेर्पाको नेतृत्वमा असारमा गठन भएको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई बिहीबार प्रतिवेदन बुझाउँदै उक्त प्रस्ताव गरेको हो […]

April 4, 2018

मन्त्रालयका सचिव कारणका पोखराको खेलकुद पूर्वाधार विकास धरापमा

पोखरा (हाम्रो खेलकुद) – नेपाली खेलकुद विकासको विधागत मन्त्रालय युवा तथा खेलकुद मन्त्रलयका सचिव महेश दाहालका कारण पोखराको खेलकुद भौतिक पूर्वाधार विकास पछि धकेलिएको छ । पोखरा आएर पटक पटक कार्यक्रममा भाषण छाँट्दै पोखरामा फुटबल रंगशालाको निर्माण र १२ करोड पर्ने ह्याण्डबलका लागि डोम निर्माण गर्ने घोषणा यति बेला उनकै कारण धरापमा परेको श्रोत बताउँछ […]

April 4, 2018

दक्षिण एसियाली ह्यान्डबलमा नेपाललाई रजत पदक

पोखरा (हाम्रो खेलकुद)– नेपाली महिला ह्यान्डबल टोलीले दक्षिण एसियाली ह्यान्डबल प्रतियोगितामा रजत पदक जितेको छ । अन्तर्राष्ट्रिय सहभागितामा पहिलो पटक फाइनल सम्मको यात्रा तय गरेको नेपाल स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मंगलबारभारतसँग २४–५ ले पराजित भएको नेपाल ह्यान्डबल संघले जनाएको छ । मार्च ३१ देखि भएको प्रतियोगितामा नेपाल, भारतसहित बंगलादेश, भुटान र अफगानिस्तानको सहभागिता रहेको […]

April 4, 2018

नेपाली खेलाडीले विश्व जुनियर र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ । नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा […]

April 3, 2018

१८ औं एसियाली खेलकुद-शेर्पाको संयोजकत्वमा उच्च स्तरीय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा झन्डै पाँच महिनापछि हुने १८ औं एसियाली खेलकुदमा नेपालको कति खेल र खेलाडी सहभागी हुने भन्ने कोटा निर्धारणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको संयोजकत्वमा ८ उच्च स्तरीय सदस्यीय समिति गठन भएको छ ।     मन्त्री स्तरीय निर्णयबाट आइतबार गठन भएको समितिले चैत मसान्त भित्र नेपालले […]

March 31, 2018

गजेन्द्र र धिरज राष्ट्रिय स्केटबोर्ड च्यम्पियन

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका गजेन्द्र वर्देवाले दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिप अन्तर्गत पुरुष सिनियरतर्फ च्याम्पियन बनेका छन् । पोखरा रंगशाला स्थित अन्नपूर्ण स्केटवोर्ड स्थल भएको प्रतियोगितामा १४ वर्ष भन्दा माथी उमेर समूह गजेन्द विजयी बने भने कास्कीका समिर विल्सन दोस्रो र कास्की पेन्टोलिन शेर्पा तेस्रा भए । पुरुष १४ वर्ष […]

March 30, 2018

चौथो मिस्टर फिटनेस फस्र्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) –चौथो अन्तरक्लब मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनसिप अर्को साता आयोजना हुने भएको छ । सतुङ्गल पार्टि प्यालेसमा आयोजना हुने प्रतियोगितामा क्लबका आफ्नै तीन शाखाहरुमा प्रशिक्षण भइरहेको आयोजक फिटनेस फस्र्टका बुद्धिजंग कार्कीले शुक्रकार आयोजित सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६०, ७०, ७० केजी माथी तौल समूह तथा स्पोर्टस […]

March 30, 2018

पोखरामा राष्ट्रिय स्केट बोर्ड प्रतियोगिताको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो राष्ट्रिय खुल्ला स्केट बोडिङ महिला तथा पुरुष च्याम्पियनसिको सम्पूर्ण तयारी पुरा भएको नेपाल स्केटिङ तथा स्केट बोडिङ संघले जनाएको छ । शनिबार हुने प्रतियोगितामा २० जिल्लाका झन्डै एक सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अध्यक्ष अच्युत खनालले जानकारी दिए । पोखरा रंगशालामा भएको अन्नपुर्ण स्केट बोर्ड […]

March 30, 2018

आर्मी ‘बी’ हाईअल्टिच्युड ट्राई एड्भेन्चर च्याम्पियन

जोमसोम (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब ‘बी’ टिमले प्रथम सिओएएस हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता(२०७४ को उपाधि जितेको छ । दीपक सिंह भण्डारी र प्रताप थापाले निर्धारित २०.२ किलोमिटर दुरी १ घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरेपछि आर्मी ‘बी’ च्याम्पियन बनेको हो । ‘बी’ले आफ्नै क्लबका मान बहादुर थापा र बसन्त थापा सम्मिलत ‘ए’ […]

Success

Thank you for your time.