April 19, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा हुने एसियाली खेलकुदमा नेपालको सहभागी संख्याको अझै टुंगो लागि नसकेपनि एउटा चिनियाँ कम्पनीले नेपाली खेलाडी र अफिसियलका लागि खेल पोसाक प्रायोजन गरेको छ । इन्डोनेसियाको जाकार्तामा सेप्टेम्बरमा १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ । स्पोर्टस वेयरको विक्रेता रहेको चिनियाँ कम्पनीले एजिलिटी र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको […]
April 12, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न तयारीमा रहेकी न्यु २४ टेलिभिजनकी कार्यरत नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो झण्डा हस्तान्तरण गर्दै सफल आरोहणका शुभकामना दिएको छ । राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार आयोजना गरिएको नव वर्ष २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा प्रियालाई सफल […]
April 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी तारादेवी पुनले ७५ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् । प्रथम अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्नाच, क्लिन एन्ड जर्क र कुल १ सय ६४ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यसअघि उनकै नाममा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान थियो । ताराले बिहीबार […]
April 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – संगिता राईले १२ वर्षअघिको पुरानो कीर्तिमान भंग गरेकी छिन् । संगिताले काठमाडौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान ४८ केजी तौल समूहमा नीता थापाले राखेको १२ वर्ष अघिको किर्तिमान भंग गरेकी हुन् । नेपाल पुलिस क्लबकी संगिताले सिनियर तर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५ […]
April 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रदेश नं ५ (साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति) मा अर्को वर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सातदोबाटोमा बुधबार बसेको बोर्डको १ सय नवौं बैठकले आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिर […]
April 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँच महिनापछि हुने इन्डोनेसियामा हुने एसियाली खेलकुदको प्रचारका लागि ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अनुसार सोमबार बिहान एसियन गेम्स फन रन सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, विभिन्न संघका पदाधिकारी गरि झन्डै ५ सयको सहभागितामा सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनबाट सुरु भएको फन रन सातदोबाटो, जावलाखेल, लगनखेल, […]
April 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नयाँ युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवमा नियुक्त भएलगत्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बधाईसँगै आफ्ना मागको बारेमा ध्यानाकर्ष गराउने परम्परा छ । त्यहि परम्परालाई निरन्तरता दिने क्रममा खेल र खेलाडीको हितलाई लक्षित गर्दै संघले नव नियुक्त युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) […]
April 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुदको प्रचारका लागि ओलम्पिक काउन्सिल अफ एसियाको कार्यक्रम अनुसार एसियन गेम्स फन रन नेपालमा पनि पहिलो पटक आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) को आयोजनमा मंगलबार बिहान एसियन गेम्स फन रन हुने भएको हो । यसै बर्ष आयोजना हुने १८ औं संस्करणको एसियन गेम्स आगामी अगस्टमा इन्डोनेसिया […]
April 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता परशुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल कातामा स्वर्ण पदक जितेका छन् । सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले पराजित गरेका परशुरामले फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले हराएका थिए । सिनियर एकल कातामा भने परशुराम पदक विहिन विहिन रहे । पहिलो बाउटमा […]
April 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद आयोजना राष्ट्रको प्रतिष्ठासँग जोडिएकोले भौतिक पूर्वाधार निर्माणमा तीब्रता दिइने बताएका छन् । सरकार गठनको एक सय दिनका युवा तथा खेलकुद मन्त्रालयले पुरा गर्ने कामको फेहरिस्त प्रस्तुत गर्न मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले भने ‘अहिले खेलकुदको सबैभन्दा गम्भिर र […]