August 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति प्रसाद गौचन र ब्याडमिन्टनकी शोभा गौचन सम्मानित भएका छन् । शक्ति र शोभाले आ–आफ्नो खेलको माध्यमबाट राष्ट्रको शिर उचो पारेको भन्दै थासाङ स्पोर्टस् क्लबले सोमबार सातौ खुल्ला रनिङ शिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटनका अवसर पारेर खेलाडीलाई सम्मान गरेको हो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत […]
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह पुरुष एकलतर्फ र भावना सुनुवार महिला एकलतर्फ तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । लगातार तेस्रोपटक च्याम्पियन बन्दै अरहान्त र भावनाले प्रतियोगितामा ह्याट्रिक पुरा गरेका हुन् । सातदोबाटोस्थित कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको फाइनलमाा डिफेन्डिङ च्याम्पियन अरहान्तले अमृत थापामगरलाई ३–१ को सेटमा पराजित गर्दै लगातार […]
August 10, 2018
२ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । खेलाडीमा गौरिका सिंह र टीसा शाक्य रहेका छन् । प्रशिक्षकमा ओङदेन लामा छन् । भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । शिरीश गुरुङ र शुभम् श्रेष्ठ […]
August 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अरहान्तकेशर सिंह र अमृत थापा मगर तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्सको उपाधिका लागि खेल्ने भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनलमा अरहान्तले राजेन्द्र शाक्यलाई तथा अमृतले प्रविण कंसकारलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । फाइनल खेल शनिबार हुनेछ । मास्टर्स ५० […]
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको महिला एकलतर्फको खेलमा भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धामा स्वास्थानी […]
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङले नेपाली राष्ट्रिय ह्वीलचियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ । इन्टा हङकङका अध्यक्ष राजु खड्काले ह्वीलचियर राष्ट्रिय तेक्वान्दो टिमलाई करिब ५० हजार बराबरको तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए । बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई […]
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीमा रहेको नेपाली जुडो टिम विशेष प्रशिक्षणको लागि बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । नेपाली जुडो टिमले अन्तर्राष्ट्रिय जुडो महासंघले डुनाभर्सनीमा आयोजना गर्ने विशेष प्रशिक्षणमा सामेल हुनेछन् । त्यसअघि नेपाली टिमले शुक्रबारबाट आयोजना हुने बुढापेस्ट ग्राण्ड प्रिक्समा सहभागिता जनाउने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले […]
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली प्रशिक्षणका लागि मलेसिया प्रस्थान गरेको छ । नेपाली खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षणसँगै मलेसियाको लन टेनिस एसियाड टोलीस अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ । एसियाडमा पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलातर्फ जुम्लयाहा […]
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन अरहान्त केशर सिंह र रत्नकाजी शाक्य तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसपको दोस्रो चरणमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार भएको पुरुष खुल्ला एकलतर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त केशर सिंहले सुर्जनराज श्रेष्ठलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । पुरुष खुल्ला एकलतर्फ रत्नकाजी […]
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार इन्डोनसिया प्रस्थान गरेको छ । नेपाली टिम थप प्रशिक्षणको लागि एसियाड शुरु हुनुअघि नै इन्डोनेसिया प्रस्थान गरेको हो । टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय महासचिब शैलेन्द्र राउत, नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठक लगायतले […]